logo

नेउवा महासंघको केन्द्रिय सदस्यमा खुमबहादुर सुवेदीले उम्मेदवारी दिने

    1160   पटक पढिएको

१ चैत / अर्थ र व्यापार – नेपाल उद्योग वणिज्य महासंघको आगामी २८ र २९ चैतमा हुने निर्वाचनमा पर्यटन व्यवसायी खुमबहादुर सुवेदीले केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष सुवेदीले बस्तुगतको तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन । उनले महासंघको बरिष्ठ उपाध्यक्षका प्रत्यासी उम्मेदवार अञ्जनकुमार श्रेष्ठको समुहबाट महासंघको केन्द्रिय सदस्यमा उम्मेवारी दिने बताएका हुन् ।

युनिक एड्भेन्चर इनटरनेशनल प्रालिका प्रवन्ध निर्देशक सुवेदीले पर्यटन क्षेत्रका ट्रेकिङ, ट्राभल लगायत समग्र पर्यटन क्षेत्रको प्रतिनिधीत्व गरि यसपालीको निर्वाचनमा महासंघको केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दिने तयारी सुरु गरेका हुन । सुवेदी विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छन । उनले ट्रेकिङ, ट्राभल तथा पर्यटक यातायात व्यवसाय सञ्चालन गर्दै आएका छन ।

टानको अध्यक्ष तथा विभिन्न पदमा रहेर सफलतापूर्वक काम गरेको आफ्नो अनुभवलाई महासंघमा लगाउने उद्देश्य लिएर आगामी निर्वाचनमा उम्मेदवारी दिने उनले बताए । ‘महासंघ मार्फत पर्यटन क्षेत्रका व्यवसायीक एजेन्डाहरुलाई लागु गर्न पहल गर्ने र महासंघको आगामी नयाँ नेतृत्वलाई सफल पार्न सक्दो प्रयास गर्ने छु’ केन्द्रिय सदस्यका उम्मेदवार सुवेदीले भने ।

महासंघमा वस्तुगत संघहरुको भूमिकालाई थप प्रभावकारी बनाउँदै वस्तुगत संघहरुका एजेन्डाहरु लागु गराउन सरकार र सरोकारवाला निकायसँग लविङ गर्ने आफुनो चुनावी एजेन्डा रहेको उनले बताए । टानको नेतृत्वमा रहँदा सरकार र अन्य सरोकारवालाहरुसँग गरेको सहकार्यले महासंघ नेतृत्वमा रहेर काम गर्न थप सहयोग पुर्याउने उनको दावी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।