logo

प्रधानमन्त्री प्रचण्डलाई माधव नेपालले बुझाए ज्ञापन पत्र: जनतालाई बाँच्न धौ–धौ भो, महँगी नियन्त्रण गर्नुस्

    1039   पटक पढिएको


१७ माघ/ अर्थ र व्यापार – नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ–धौ भइरहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन्।
मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ। बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन्।
महँगी बढ्दै जाँदा जनतामा निराशा र राजनीति प्रति नै वितृष्णा देखिएको एकीकृत समाजवादीको भनाइ छ। ‘आम जनताका समस्या समाधान गर्दै निराश हुनबाट जोगाउनु सरकारको कर्तव्य हो’ ज्ञापन पत्रमा भनिएको छ। पुस २६ मा सरकारलाई विश्वासको मत दिए पनि एकीकृत समाजवादी प्रतिपक्षमा छ ।

देशको आर्थिक संकट समाधानका लागि सरकारले तत्कालै कदम चाल्नुपर्ने मागसमेत एकीकृत समाजवादीको छ। आर्थिक संकट समाधानका लागि देशले अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन ढिला गर्न नहुने सुझाव पनि उक्त पार्टीले दिएको छ।
संविधानमा उल्लेखित आर्थिक नीति कडाइका साथ लागू गर्नुपर्ने, युवा, विद्यार्थी र बौद्धिक जनशक्ति पलायन रोक्न कदम चाल्नुपर्ने, देशभित्रै पठनपाठनको व्यवस्था बनाउनुपर्ने, कृषि उत्पादन र बिक्रीका योजना बनाउनुपर्ने सुझावसमेत एकीकृत समाजवादीको छ।
जलविद्युत आयोजनाका कामलाई तीव्रताका साथ अघि बढाउनुपर्ने, वैदेशिक लगानी भित्र्याउनुपर्ने, अनौपचारिक क्षेत्र वा लुकाइएको रकम अर्थतन्त्रको मुलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल लागू गर्न पनि एकीकृत समाजवादीको सुझाव छ।
बैंक तथा वित्तिय संस्थाहरूको बचत तथा ऋण नीतिमा तत्काल सुधार गर्न पनि एकीकृत समाजवादीको माग छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।