logo

ठग र फटाहहरुको यस्तो कर्हत: बीमाको लोभमा आफ्नै टिपर जलाउने चालक पक्राउ

    1261   पटक पढिएको

७ भदौ/अर्थ र व्यापार – अरुलाई झुक्याउन र ठगी गर्ने पटाहले बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएर यस्तो हर्कत गरेको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ ।
यस्तो हर्कत गरि पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान विप्लपको नेपाल बन्दको मौकाछोपी आफैंले चलाउँदै आएको टिपरमा आगजनी गरेको पुष्टी भएपछि प्रहरीले आफ्नै टिपर आगजनी गर्ने चालक र सहचालकलाई पक्राउ गरेको हो ।
प्रहरी नायब उपरिक्षक राजनकुमार गौतमका अनुसार घोराही–लमही सडकखण्डको बबई खोलाको पुलमा मंगलबार बिहान रा.१ ख.१६९४ नम्बरको टिपरमा आगजनी भएको थियो ।
एका बिहानै टिपरमा आगो लागेको देखेपछि स्थानीयबासिले प्रहरीलाई खबर गरेका थिए । सो घटनाबारे सोधपुछ गर्दा सुरुमा चालक चौधरीले चार पाँच जनाको अज्ञात समूहले टिपरमा आगो लगाएर भागेको बताएका थिए ।
तर, सोही समयमा अन्य सवारी सधान निर्वाध रुपमा चलेको बेला टिपरमा मात्र कसरी आगजनी भयो भनेर प्रहरीले घटना शंकास्पद देखेपछि दुवै जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
‘आगजनी गरिएको ट्रक दुईदिन देखि मर्मतका लागि ग्यारेजमा राखिएको रहेछ’ उनले भने, ‘बिहानै बन्दकर्ताहरु सडकमा नभएको र अन्य सवारी साधान चलिरहेको देखेपछि घटना शंकास्पद मानेर अनुसन्धान सुरु गरेका थियौं ।’
अनुसन्धानकै क्रममा बीमाको लोभमा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा चालक आफैंले आगजानी गरेको पुष्टि भएको डीएसपी गौतमले बताए ।
नेपाल बन्दको बाहना बनाएर बिमाको दाबी गर्न आफैंले गाडीमा आगो लगाएको खुलेको उनले बताए । डीएसपी गौतमले अहिले सो गाडीका मालिकको पनि खोजी भइरहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।