logo

नबिल र वाणिज्य बैंकमा नेपाल ट्रस्टको पौने ११ लाख कित्ता सेयर

तत्कालिन राजा बिरेन्द्रका परिवारको २१ हजार ६३३ रोपनी १५ आना जग्गा ट्रस्टको स्वामित्वमा

    1156   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार – नेपाल ट्रस्टसँग चल र अचल गरि ठूलो मात्रामा सम्पत्ति रहेको देखिएको छ । नेपाल ट्रस्टको कार्यालयले आर्थिक वर्ष २०७७/७८ को ढिलो गरी सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल ट्रस्टसँग नबिल बैंक र राष्ट्रिय बाणिज्य बैंकको लाखौं कित्ता सेयर रहेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को अन्तिम सम्मको तथ्यांकअनुसार नेपाल ट्रस्टसँग नबिल बैंकको १० लाख ६५ हजार २ सय २ कित्ता सेयर रहेको छ । यसैगरि, ट्रस्टसँग राष्ट्रिय बाणिज्य बैंकको ६ हजार ७ सय ५० कित्ता सेयर रहेको सो कार्यालयद्वारा प्रकाशित प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाल ट्रस्टसँग बैंकको सयेरहरु बाहेक होटल डेला अन्नपूर्णको पनि ३० हजार ७ सय २० कित्ता सेयर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तैगरी, आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्म ट्रस्टको बैंकमा नेपाली रुपैयाँमा नगद बचत १ अर्ब २ करोड ६४ लाख १९ हजार ९ सय ८४ रुपैयाँ ८ पैसा, अमेरिकी डलर १ लाख ५४ हजार ९ सय २६ र पाउन्डस्र्टलिङमा ५१ हजार ४ सय २८ बचत रहेको छ ।
सोही आर्थिक वर्षसम्म संकलित तथ्यांक अनुसार नेपाल ट्रस्टको स्वामित्वमा २१ हजार ६ सय ३३ रोपनी १५ आना जग्गा आएको सो कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । तत्कालिन राजा विरेन्द्रबीर बिक्रम शाह र उनको परिवारको स्वामित्वमा रहेको निजी सम्पत्ति नेपाल ट्रस्टको स्वामित्वमा आएको ट्रष्टले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।