logo

टान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारी

टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्ने एजेण्डा

    2097   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० साउनमा हुने निर्वाचनमा कोषाध्यक्ष पदमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) ले उम्मेदवारी दिएकी छिन । पाण्डेले अध्यक्षका उम्मेदवार रामप्रसाद सापकोटा (कमल) को समुहबाट कोषाध्यक्ष पदमा उम्मेदवार दिएकी हुन् ।

हिमालयन ग्लासियर ट्रेक्स एण्ड एक्सपीडिसन प्रा.लि.कि निर्देशक पाण्डे विगत २५ वर्षदेखि पर्यटन व्यवसायमा सक्रिय छिन । सफल महिला उद्यमीको रुपमा परिचित पाण्डे ब्ल्याक डायमण्ड एक्सपीडिसन प्रा.लि.तथा होटल इन्काउण्टरकी प्रवन्ध निर्देशक समेत हुन ।

सामाजिक सेवामा समेत सक्रिय पाण्डे चाईल्ड ईन्भाइरोमेण्टल नेपाल नामक संस्थाको महासचिव समेत हुन । उनको यो संस्थाले विशेषगरि बालबालिको शिक्षा र शैक्षिक पूर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको छ । त्यसवाहेक उनको परिवार नै पर्यटन व्यवसायमा सक्रिय छ । लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन ।

कोषाध्यक्ष पदका उम्मेदवार पाण्डेले टान प्रशासनलाई मितव्ययी र पारदर्शी रुपमा सञ्चालन गर्दै संस्थालाई आर्थिक रुपमा सवल बनाउन पहल गर्ने आफ्नो मुख्य एजेण्डा रहेको बताएकी छिन । ‘नेपालको पर्वतीय पर्यटनमा महिलाहरुको सहभागीता कम भएको हालको अवस्थामा महिला उद्यमीहरु जन्माउन विशेष प्रोत्साहन हुने वातावरण निर्माण गर्ने पहल गर्नेछु’–पाण्डेले भनिन् ।

यसैगरी, उनले दीगो पर्यटन विकासको अवधारणालाई सघाउन गुणस्तरीय पर्यटन सञ्चालनका लागि नीतिगत व्यवस्था गर्न पहल गर्ने बताईन् । त्यसैगरी, हाल करको दायरामा नआएका ईन्टरनेशनल अनलाईन बुकिङ प्लेटफर्म (ओटिए) लाई करको दायरामा ल्याउन नीतिगत व्यवस्था गर्न सरकारसँग पहल गर्ने आफ्नो विशेष एजेण्डा रहेको उनले बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।