logo

टान निर्वाचनका लागी निलहरी बास्तोला समुहको उम्मेद्वार परिचयात्मक कार्यक्रम सम्पन्न

    1411   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी साउन ३० गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार निलहरी बास्तोलाको समुहले परिचयात्मक कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष पदका प्रत्यासी बास्तोलाले आफ्नो टिम दक्ष र अनुभवि रहेको बताए । टानलाइ थप गरिमामय संस्था बनाउन र ट्रेकिङ व्यवसायमा देखिएका समस्यालाई समाधान गर्न आफ्नो समुहले उम्मेद्वारी दिएको वताए । कार्यक्रममा नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यक्ष दिपक महत, टानका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता रमेश धमलाले शुभकामना दिँदै आफ्नो धारणा राखेका थिए ।

बास्तोला समुहको वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल , प्रथम उपाध्यक्षमा प्रदिप पण्डित , द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ , महासचिवमा बिनोद सापकोटा, सचिबमा होमनाथ भट्टराई, कोषाध्यक्ष पुरुषोतम तिमल्सिना र सह–कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा रहेका छन । त्यस्तै सदस्यमा गणेश बहादुर अधिकारी, कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा, हेम कार्की , सुबास भण्डारी, राजु अर्याल, राम प्रसाद बन्जारा र सजना त्रिपाठी उम्मेदवार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।