logo

शैक्षिक विकासमा एनआरएनएको नयाँ परियोजना ‘पढ्दै – कमाउदै’

    1322   पटक पढिएको

२२ साउन/अर्थ र व्यापार – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आर्थिक अभावका कारण विद्यालय शिक्षा पूरा गर्न नपाएका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘पढ्दै र कमाउदै’ परियोजना सञ्चालनमा ल्याउने भएको छ ।
परियोजनाका संयोजक एनआरएनएका उपमहासचिव रामशरण सिमखडाका अनुसार विद्यालयस्तरका बालबालिकालाई व्यवासायिक शिक्षामार्फत आत्मनिर्भर बनाउन सो परियोजना संचालनमा ल्याउन लागिएको हो ।
सो परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको छ । गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माका अनुसार सो परियोजनाको अनुमानित बजेट १० करोड रुपैयाँ हुने र परियोजनाको अवधि ६ वर्षको हुने छ ।
आर्थिक अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै यो परियोजना अघि सारिएको एनआरएनएका उपमहासचिव सिमखडाले जानकारी दिए ।
परियोजनाले विद्यार्थीहरुले विद्यालयमा सिकेको सैद्धान्तिक शिक्षालाई व्यावसायिक ज्ञानमार्फत् आर्थिक उपार्जनको लागि सहयोग पुग्ने बताइएको छ ।
परियोजनाले ती विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सिप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ । पढ्दै र कमाउदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले एक कार्यदलको समेत गठन गरेको छ ।
सो कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडासहित उपाध्यक्षहरुमा रवीन्द्र खड्का (डेनमार्क) र मिलन छन्त्याल (आयरल्याण्ड) रहेका छन भने कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया रहेका छन ।
कार्यदलको सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, बिष्णु रानामगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके रहेका छन ।
यसैगरी, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा. बिनोद पौडेल टर्की रहेका छन ।
यसैगरि, कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा.बिष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा.बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।