logo

गोरखपुरमा रहेको नेपालीको जग्गा मुद्दामा परराष्ट मन्त्रालय नै बाधक

फैसला कार्यान्वयन गर्न परराष्ट्र सचिवलाई पटक–पटक पत्राचार

    1579   पटक पढिएको

२ साउन / अर्थ र व्यापार- भारतको उत्तर प्रदेशमा रहेको नेपालीको पैतृक सम्पत्ति सम्बन्धि उच्च अदालत पाटनको गत चैत्र २ गते भएको फैसला / आदेशलाई परराष्ट्र मन्त्रलायले नै असहयोग गर्दा थप प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

स्थायी ठेगाना काठमाडौं नेपाल रहेका स्वर्गीय हर्क जंग थापाका नाममा उत्तर प्रदेश राज्य तहसिल सदर मौजा खोराबार (सुबाबजार ) गाटा संख्या २२४,२२२, ४१४ (ज), २२३, १९१ (क),४१३ क,४९६ क,४९७, ४९८,५५४, १२११ तथा जंगल अयोध्य प्रसाद गाटा ४०३ एवं जंगल सिकरी (खोरावार) गाटा संख्या १४१ क, ४६७, ६१२, १३८५, १४८८ परगना हवली जनपद, गोरखपुरमा रहेको जग्गाको सम्बन्धमा जग्गाधनीको मृत्यु पछि भारतमा नक्कली वारेसना वनाई जग्गा खरिद विक्रि हुन लागेको जानकारी भएपछि जग्गाधनी थापाका हकवाला जम्मा ८ जना को तर्फवाट बुहारी कविता देवि पाण्डेले प्रक्रिया सहजीकरण गरिदिन माग गर्दै नेपाल सरकार, परराष्ट्र मन्त्रालय समेत लाई विपक्षी बनाई रिट दायर गरेकी थिईन ।

उच्च अदालत पाटनको २०७८ चैत्र २ गतेको फैसलामा “भारतिय जग्गा प्रशासनले निर्धारण गरेको जग्गा पुर्जामा उल्लेखित पैतृक सम्पत्ति जग्गा जमिनको हक तथा स्वामित्वको सम्बन्धमा वारिशनामा लगायत आवश्यक प्रमाणित कागज जो जे गरिदिनुपर्ने हो, सम्बन्धित निकायमा पत्राचार गरिदिनु भनी भारतीय विदेश मन्त्रालयका नाममा पत्र जारी गरिदिनु भनी निर्देशन सहितको पत्र दिल्लिस्थित नेपाली राजदुतावासमा प्रेसित गर्न परराष्ट्र मन्त्रालयका नाममा परमादेश जारी हुने” उल्लेख छ ।

यस सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयले गत असार ८ गते उच्च अदालत पाटनको २०७८ चैत्र २ गते भएको फैसलालाई उल्लेख गर्दै “आदेश कार्यान्वयन गरी गराई सोको जानकारी पठाउन नेपाल सरकार, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालयका सचिव भरत राज पौडेल र कन्सुलर सेवा विभागका नाउँमा समेत पत्र पठाएको छ ।

त्यसैगरी गत असार २७ गते प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पनि फैसला/आदेश कार्यान्वयन सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले परराष्ट्र लाई लेखेको पत्रमा “ रिट निवेदक कविता देवि पाण्डे थापा को मुद्दामा उच्च अदालत पाटनवाट २०७८ चैत्र २ गते भएको आदेश कार्यान्वयन सम्बन्धि निवेदन परेको हुँदा उक्त आदेश कार्यान्वयन गरि सोको जानकारी यस कार्यालय र फैसला कार्यान्वयन निर्देशनालयलाई समेत गराईदिनुहुन आदेशानुसार अनुरोध छ” उल्लेख छ ।

फैसला कार्यान्वयन निर्देशनालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले समेत फैसला कार्यान्वयन गराउन पटक–पटक पत्राचार गरेपनि परराष्ट्र मन्त्रालय र मन्त्रलायका सचिव भरतराज पौडेलले असहयोग गरेको रिट निवेदकहरुले आरोप लगाएका छन । प्रधानमन्त्री कार्यालयले पठाएको पत्र समेत कार्यान्वयन नगर्नुका पछाडी परराष्ट्र सचिव अन्य के वा कसको प्रभाव वा मोहमा परेका हुन भन्ने आशंका लाई थप बल प्ुगेको छ । त्यसो त रिट निवेदकहरुले उच्च अदालतमा दिएको निवेदनमा परराष्ट्र सचिव पौडेलले आँफुहरु संग मोटो रकम मागको र दिन नसकिने वताउँदा प्रक्रिया अगाडी नबढाएको आरोप छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।