logo

गुणस्तर नम्बर भएको सिलबन्दी जारको पानीमात्र पिउन विभागको आग्रह

    1430   पटक पढिएको

१४असार/अर्थ र व्यापार – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताहरुलाई जारको गुणस्तर नम्बर भएको र बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्रै लिएर पिउन आग्रह गरेको छ । प्रशोधित पिउने पानी र जारको लेवलमा डिएपटिक्यु नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आम उपभोक्तालाई आग्रह गरेको हो ।

यसैगरि, विभागले वर्षायाममा पानीको माध्यमबाट फैलिने हैंजा, झाडापखाला लगायत विभिन्न संक्रामक रोगका हानीकारक शुक्ष्म जिबाणुहरुको संक्रमण बढ्ने उच्च जोखिम भएकाले यस्तो उपाए अपनाउन आग्रह गरिएको जनाएको छ । संक्रमित पानीको माध्यमबाट रोगको संक्रमण हुने सम्भावना भएकाले स्वच्छ तथा सफा पानी पिउन उपभोक्तालाई विभागले आग्रह गरेको छ ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानहरुलाई पुरा गरेर मात्रै बिक्री वितरण गर्न विभागले उद्योगीहरुलाई अनुरोध गर्दै अनुमति नलिई बिक्री वितरण गरेको अवस्थामा सूचना गर्न समेत सुझाव दिएको छ । यदि कँही कानूनबमोजिम अनुज्ञापत्र लिई नविकरण नगरी पानी बिक्री वितरण गर्नेहरुलाई त्यस्ता गल्ती भेट्ने वित्तिकै कडा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।

अहिले काठमाडौं उपत्यका लगायत विभिन्न ठाउँमा गरिएको नमुना परिक्षणको क्रममा बजारमा विक्री भइरहेका केही जारको पानीमा समेत कोलिफर्मको मात्रा देखिएपछि विभिगले उपभोक्तालाई सचेत गराउन यस्तो आग्रह गरेको हो ।
कोलिर्फम बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइन्छ । यो १ दर्जन भन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिर्फम भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । प्राविधिकका अनुसार कोलिर्फमको मात्रा जति बढी हुन्छ । मानव स्वास्थकालागि उति जोखिम रहन्छ । यस्तो जोखिमयुक्त पानी पिउदा हैंजा फैलिन सक्ने संभावना देखिएकाले विभागले यस्तो आग्रह गरिएको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।