logo

अर्थमन्त्री भाग्ने दिन नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

    1414   पटक पढिएको

२७ चैत/अर्थ र व्यापार – नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् ।
आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले नेपाल ल्याउन लागिएको विदेशी मुद्रा खुलाउन राष्ट्र बैंकलाई पत्र लेखेको भन्दै सो काम कानुन विपरीत हुने बताए ।
विदेशबाट आएको रकम राष्ट्र बैंकले छानबिन गरिरहेको विषयमा अर्थमन्त्रीले पैसा फुकुवा गर्न निर्देशन दिएको आफूले सुनेको उनले बताए ।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘अनुसन्धान गर्ने अधिकारीले अनुसन्धान गरिरहेका बेला यो पैसा दे र त्यो नदे भन्ने हो भने अनुसन्धान गर्ने संस्थाले ठीक ढंगले काम गर्न सक्दैन, त्यो एक प्रकारकाले क्राइम नै हुन्छ ।’
उनले फेरि भने, ‘म त के देखिरहेको छु भने श्रीलंकामा अर्थमन्त्री भाग्ने भन्ने सुन्दैछु, कतै त्यो दिन यहाँको अर्थमन्त्रीमा पनि नआओस् ।’
नेपालमा अनुसन्धान गर्ने निकाय बलिया भएमा अर्थमन्त्री कारबाहीको दायरामा आउने पूर्वअर्थमन्त्री पाण्डेले बताए । ‘यदि हाम्रो एजेन्सी दह्रा हुने हो भने यही केसमा लगेर अर्थमन्त्रीलाई हाल्नुपर्ने हो भित्र, किन लेख्यौं पत्र भनेर यसो गर्न मिल्छ ?’ उनले भने, ‘किन गर्दैछौ यो काम यसो गर्न मिल्छ हामीले अन्तर्राष्ट्रिय अब्लिगेसन भन्दा विपरीत गएर कोही मन्त्री चल्न सक्छ ? हामीले बनाएका कानुन र ऐन भन्दा बाहिर गएर चल्न मिल्छ र ?

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।