logo

यस्ता छन संसारकै सबैभन्दा १० धनी महिलाहरु

    1535   पटक पढिएको

२५ फागुन/अर्थ र व्यापार – अमेरिकाको म्यागाजिन फोब्सले सार्वजनिक गरेको सन् २०२२ को संसारभरकै उत्कृष्ट सबैभन्दा १० जना धनी महिलाहरुको सुचीसँगै २३९ जना महिना विश्वको धनाड्य सुचीमा परेका छन् । उनीहरु घरजग्गा, खानी, वित्त, औषधि र अरु विभिन्न क्षेत्रका उद्योगका मालिक हुन् ।
सुचीमा परेका वाल्टन, मार्स, हेनेकेन्स अपरिचित छैनन् भने कतिपय नयाँ अनुसार छन् । धेरै महिला विराशतका आधारमा नभई आफ्नो व्यवसायिक कुशलता कै आधारमा प्रभावशाली बन्न पुगेका छन् । अमेरिकाकी धनी महिला एलिस वाल्टनले गत बर्षको ४० अर्ब डलरमा थप छ अर्ब डलर सम्पत्ति बढाउन सफल भएकी छन् ।
धनी महिलाहरुको सुचीमा धेरै रहे पनि एशियाली महिला भने एक जना मात्रै छिन् । बाँकी सबै पश्चिमा छन् । यसले असमानता भने देखाएको छ । यद्यपि धनी महिलाहरुको संख्या भने अघिल्लो बर्षभन्दा बढ्दै गएको छ ।
यि हुन विश्वका १० धनी महिलाहरु
१. फ्रान्कोसी बेटेनकोर्ट मियर्सः विश्वकै धनी महिला फ्रान्सकी मियर्सको कुल सम्पत्ति ८२.५ अर्ब डलर रहेको छ । उनकी आमा लिलियन बेटेनकोर्ट मृत्यु भएपछि अहिले मियर्सले सोही विरासत सम्हाल्दै आएकी छन् । उनले आमा हुँदैमा लोरेल कम्पनीको सम्पूर्ण जिम्मेवारी आफैले हेर्दै आएकी थिइन् । मियर्सकी आमा पनि विश्वकै धनी महिला हुन् । मियर्सका बाबुले एओरल नामकौ सौन्दर्यसम्वन्धी विशाल कम्पनी स्थापना गरेका थिए र अहिले उनीसँग सोही विरासतको ३३ प्रतिशत सम्पत्ति रहेको छ ।
२. एलिस वाल्टनः अमेरिकाकी एलिस वाल्टनको कुल सम्पत्ति ६६ अर्ब डलर छ । उनी वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन् । साम विश्वको सबैभन्दा सफल रिटेल चेन वालमार्टका संस्थापक हुन् । एलिसले सन् १९८८ मा लामा कम्पनी पनि स्थापना गरेकी थिइन्, तर त्यो बन्द भएको छ । वालमार्टको शेयर मूल्य पाँच प्रतिशतले बढेर उनको सम्पत्ति ७.४ अर्बले बढे पनि उनी पहिलो नम्बरमा भने पर्न सकिनन् ।
३. म्याककेन्जी स्कटः अमेरिका कै म्याककेन्जी स्कट ५२ बर्षीय धनी महिला हुन् । समाजसेवामा समेत सक्रिय उनी साहित्यमा पनि रुची राख्छिन् । स्कटको कुल सम्पत्ति ६० अर्ब डलर छ । एमेजनका प्रमुख तथा विश्वका धनाढ्य जेफ बेजोससँग विवाह गरी पारपाचुके गर्दा प्राप्त सम्पत्तिले उनलाई अर्बपति बनाएको हो । उनले बेजोससँग छुट्टिँदा अमेजनको चार प्रतिशत शेयर प्राप्त गरेकी थिइन् जसको मूल्य त्यतिबेला ३५ अर्ब डलर थियो ।
४. जुलिया कोचः जुलिया कोचको कुल सम्पत्ति ६२ अर्ब डलर रहेको छ । ६० वर्षकी उनी समाजसेवामा बढी सक्रिय छिन् । कोच पनि अमेरिकाकी हुन् । उनलाई जुलिया फ्लेशर कोच पनि भनिन्छ । सन् २०१९ मा मृत्युअघि उनका पति अमेरिकाका सातौं धनाड्य थिए । पतिको सम्पत्तिबाट उनले ४२ प्रतिशत हिस्सा पाइन् जसलाई उनले बढाउँदै लगिन् ।
५. याङ हुइयानः चीनकी याङको कुल सम्पत्ति ३३ अर्ब डलर छ । ४१ वर्षकी उनी चीनको सबैभन्दा धनी महिला हुन् । उनको घरजग्गा व्यवसाय छ । उनी २५ वर्षकै उमेरमा चीनको धनाढ्य मध्यमा थिइन् ।
६. ज्याकलिन मार्सः अमेरिकाकी ज्याकलिनको कुल सम्पत्ति साँढे ४४ अर्ब डलर छ । ८३ वर्षीया उनी मार्स कम्पनीकी उत्तराधिकारी हुन् । उनी समाजसेवामा सक्रिय छिन् ।
७. सुसान क्लाट्टेनः जर्मनीकी सुसानको कुल सम्पत्ति साँढे साँढे २९ अर्ब डलर छ । उनी विश्व चर्चित कारहरु बिएमडब्लु, मिनि कपर मार्कु र रोल्स रोइस ब्रान्डकी मालिक हुन् । ६० वर्षकी सुसानले विज्ञापन कम्पनीमा समेत काम गरेकी थिइन् ।
८. फान हङवीः हेङली पेट्रोकेमिकलकी मालिक उनको कुल सम्पत्ति १५ अर्ब ७० करोड डलर छ । उनी आफ्नै परिश्रमबाट बनेकी महिला हुन् । चीनकी फानको सम्पत्ति बढ्दो छ ।
९. इरिस फोन्टबोनाः चिलीकी इरिसको कुल सम्पत्ति साँढे १४ अर्ब डलर रहेको छ । ८० वर्षीया इरिसलाई चिलीको खनिजकी रानी भनिन्छ । तामाखानी कम्पनी चलाएर उनले ठूलो धनराशी आर्जन गरेकी छिन् । उनको बैंक, रक्सी र जहाज कम्पनीमा पनि लगानी छ । उनले अपाङ्ग बालबालिकाका लागि वार्षिक ४ करोड दान गर्दै आएकी छिन् ।
१०. लाउरेन पवेल जब्सः अमेरिकाकी जब्सको कुल सम्पत्ति साँढे २० अर्ब डलर रहेको उल्लेख छ । उनी एपलका संस्थापक स्टेभ जब्सकी पत्नी हुन् । ५९ वर्षीया उनी समाजसेवामा सक्रिय छिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।