logo

एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर पास गर्ने सत्ता गठवन्धनको निर्णय

    1593   पटक पढिएको

१५ फागुन/अर्थ र व्यापार– पाँच दलीय सत्ता गठबन्धनले विवादित एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर आज आइतबार पास गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकमा सहभागी नेताहरुले व्याख्यात्मक घोषणासहित आइतबार नै अमेरिकी संस्था एमसीसीसँग भएको सम्झौता पारित गर्ने निर्णय भएको बताएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी सम्झौताको व्याख्या गरेर पास गर्न गठवन्धनका सबै दल सहमत भएको बताएका हुन् ।
सम्झौताका केही बुँदामा नेपालको अनुकुल व्याख्या गरेर संसद्बाट सम्झौता पारित गरिने छ । उनले भने, ‘व्याख्यात्मक टिप्पणीसहित संसदमा पेश गरेर आजै एमसीसी पारित गर्न गठबन्धन सहमत भयो ।’ बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए । तर, कांग्रेस नेताहरुले दबाब दिएपछि उनी पनि सहमत हुन बाध्य भएका हुन् ।
नेता माधव नेपाल सत्ता गठबन्धनको बैठकबाट छिट्टै बाहिरिएका थिए । अहिले उनको पार्टीको बैठक जारी छ । आइतबार बिहान माओवादी केन्द्रको विस्तारित बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णय गरेको थियो । अमेरिकाले सम्झौता संशोधन गर्न अस्वीकार गरेपछि सत्तारुढ नेताहरुले आफ्नो तरिकाले व्याख्या गरेर पास गर्न लागेका हुन् । एमसीसी पास गर्न अमेरिकी दबाब निकै बढेकोले उनी उनीहरुलाई बाध्यता भएको छ ।
कतिपय विज्ञ र नेताहरुले भने एमसीसी सम्झौता नेपालको असंलग्न परराष्ट्र नीति र राष्ट्रिय स्वाधिनतामा आँच पुग्ने किसिमको रहेको भन्दै विना संशोधन पास गर्न नहुने बताउँदै आएका छन् । अर्को पक्षले भने एमसीसी सम्झौता आर्थिक विकासको परियोजना भएकाले पास गर्न ढिलाई गर्न नहुने बताउँदै आएको थियो ।
यता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने एमसीसीबारे मौन देखिन्छ । सो पार्टीले आफ्नो पार्टी टुक्राउन भूमिका खेल्ने सभामुख विरुद्ध आन्दोलन जारी राखेको छ । बालुवाटारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल‚ सोही पार्टीका महामन्त्री गगन थापा‚ उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।
एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासँगै सत्ता साझेदार दलहरू आन्तरिक गठबन्धन र एमसीसी सम्झौता दुवै जोगाउने सहमतिमा पुगेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।