logo

विमानमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न सरकारले बनायो छानबिन समिति

    1513   पटक पढिएको

१३ फागुन/अर्थ र व्यापार – गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसाबिनै एक व्यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।
शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अध्यागमन विभागका निर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो । मन्त्रालयले विमानस्थलको सुरक्षा व्यवस्था, विभिन्न निकायको कार्यविभाजन,कमजोरी र सुरक्षाका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले सात दिनभित्र प्रतिवेदन पेश गर्न सो समितिलाई निर्देशन समेत दिएको छ ।
यसअघि नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानमा अनधिकृत व्यक्ति चढेको घटनामा लापरबाही भएको निष्कर्ष निकाल्दै आफ्ना सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको थियो ।
विमानस्थलको फलामे तालबार (फेन्सिङ कम्पाउन्ड) नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी विमानमा रौतहटका असरफ आलम चढेका थिए । पार्किङमै रहेको विमानमा असान्दर्भिक व्यक्ति चढ्नु निकै संवेदनशिल मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।