logo

मेडिकल तयारी कक्षामा नेमको एकलौटी, शुल्क अनुसार गुणस्तर नभएको विद्यार्थीको गुनासो

    1720   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार - चिकित्सा शिक्षा तयारी कक्षाको लागी विशेष पहिचान बनाएको काठमाडौंको पुतलीसडक, रामशाहपथस्थित नेम (नेम ईन्ष्टिच्युट फर मेडिकल एजुकेशन) ले मेडिकल तयारी कक्षामा भएको आफ्नो एकलौटीको फाईदा उठाउँदै विद्यार्थीसंग उच्च शुल्क लिने गरेको तर सोहि अनुसारको गुणस्तरीय शिक्षा नदिएको पाईएको छ । 

मेडिकल तयारी कक्षाका लागी आफ्नो ब्राण्ड समेत बनिसकेको कारण पछिल्लो समय नेमले उच्च शुल्क लिने गरेको र विद्यार्थीलाई टहरामा राखेर पढाउने गरेको, अनलाईन शिक्षाका लागी समेत उच्च शुल्क लिने गरेको सो ईन्ष्टिच्युटमा तयारी कक्षामा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका छन ।

चिकित्सा शिक्षा स्नातक तह (एमबिबिएस),नर्सिङ तथा पारामेडिकल विषयमा तयारी कक्षा सञ्चालन गर्दै आएको नेमले भौतिक रुपमा सञ्चालित कक्षामा ठुलो संख्यामा एउटै कक्षामा विद्यार्थी राख्ने गरेको, व्यवस्थापनले शुल्क मात्र लिने तर सोहि अनुसारको स्तरीय तयारी कक्षा सञ्चालनमा ध्यान नदिएको तथा आँफुहरुलाई टहरामा राखेर पढाईएको भन्दै विद्यार्थीहरुले गुनासो गरेका छन । साथै आफ्नो उज्जवल भविष्य निर्माणको सपना देखेका विद्यार्थीहरु नेमवाट आँफुहरुको सपनामा चोट पुगेको वताउँछन । सो विषयमा व्यवस्थापन संग गुनासो गर्दा व्यवस्थापनले विगतमा आफ्नो ईष्टिच्युटमा अध्ययन गरेका विद्यार्थीहरुको सफलता देखाउँदै विद्यार्थीहरुको गुनासोमा कुनै ध्यान नदिएको पिडित विद्यार्थीहरु वताउँछन ।

पछिल्लो समय व्यवस्थापनले चिकित्सा शिक्षा तयारी कक्षामा आफ्नो एकलौटी रहेको भन्दै विद्यार्थीहरु संग चर्को शुल्क लिने गरेको छ । नेमले एउटै विद्याथीसंग तयारी कक्षाका लागी २५ देखि ४० हजार रुपैयाँ सम्म लिने गरेको छ । चिकित्सा शिक्षा तयारी कक्षामा आफ्नो २५ वर्षको अनुभव रहेको भन्दै नेमले आँफुले जे गरेपनि विद्यार्थीहरु अन्यत्र नजाने दावी गर्दै अनलाईन शिक्षाका नाममा समेत मासिक दश हजार पाँच सय रुपैयाँ सम्म विद्यार्थीसंग असुल्ने गरेको छ । अर्कोतिर एकपटक शुल्क तिरिसकेका विद्यार्थीहरु संग पनि एप्स सञ्चालन वा अन्य वाहनामा समेत शुल्क लिने गरेको भेटिएको छ ।

नेपाल सरकारले यस्ता तयारी कक्षा सञ्चालनको सम्बन्धमा ठोस ऐन र कानुन निर्माण नगर्दा विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन । यस सम्बन्धमा शिक्षा मन्त्रालय संग बुझ्दा यस विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको वताउँदै आगामी दिनमा उचित निति–निर्माण गर्ने र यस्ता संस्थाहरुको नियमन गर्ने मन्त्रालयका अधिकारीहरु वताउँछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।