logo

विधार्थीकालागि जापान र अष्ट्रेलिया खुल्यो ,भिसा लागिसकेकालाई तयार रहन इक्यानको आग्रह 

    1419   पटक पढिएको

८ मंसिर/ अर्थ र व्यापार – अध्ययनका लागि जापान र अष्ट्रेलिया जाने तयारीमा रहेका विधार्थीलाई ती देश खुला भएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले जापान र अष्ट्रेलियाको बोर्डर खुलेको जानकारी दिँदै सबै तयारी पूरा गरेर बसेका विद्यार्थीहरुलाई तयारी अवस्थामा बस्न सुझाव दिएको छ ।
इक्यानले पत्रकार सम्मेलन गरेर अष्ट्रेलिया जान मात्रै तीन हजार सात सय विद्यार्थी तयारी अवस्थामा रहेको भन्दै जापान र अष्ट्रेलिया जान बाटो खुलेको जानकारि गराएको हो । जापानले गत ८ नोभेम्बरदेखि नै पर्यटक भिसाबाहेक अन्य भिसाका लागि बोर्डर खुल्ला भएको निर्णय गरेको थियो भने अष्ट्रेलियाले आगामी १ डिसेम्बरबाट विदेशी विद्यार्थी लगायत अन्य वर्गका यात्रुलाई बोर्डर खुल्ला गर्ने निर्णय गरेको छ ।
सो निर्णयसँगै कोभिड १९ को विश्वव्यापी महामारीका कारण विगत दुई बर्षदेखि विदेश अध्ययन गर्न जान नपाएका विद्यार्थीदेखि उक्त अवधिसम्म विद्यार्थी पठाउन नपाएका परामर्शदाता व्यवसायीहरुसमेत खुशी भएका छन् । इक्यानका पदाधिकारीले विदेश जाने विद्यार्थी र पठाउने अभिभावकले आफ्ना विद्यार्थीलाई आवश्यक तयारीका साथ पठाउन आग्रह पनि गरेका छन् ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भिसा पाएर कलेज तथा विश्वविद्यालयलाई शुल्कसमेत बुझाइसकेका तीन हजार सात सय विद्यार्थी अष्ट्रेलिया जाँदा सगज भएर जान आग्रह गरे । उनले गइसकेपछि परामर्शदाता कम्पनीलाई दोष दिने भन्दा पनि आफूले पूर्वतयारी गर्नुपर्ने बताए ।
इक्यानका अनुसार अष्ट्रेलियाका लागि सन् २०२० को अप्रिलदेखि २०२१ को अप्रिलसम्म सीओई प्राप्त गरी शुल्क बुझाएर बसेका विद्यार्थीले आउँदो यही नोभेम्बर, डिसेम्बर र जनवरीमा प्रवेश अनुमति दिने, २०२१ को अप्रिल, जुलाई र अक्टोबरका विद्यार्थीलाई अट्रेलिया जान आउँदा जनवरीपछि सुचना जारी गरिने छ ।
यात्रा गर्न पाउने विद्यार्थीले भिसा सबक्लासेसअन्तर्गत योग्यता पुगेको भ्यालिड भिसा हुनुपर्ने, यात्रुले कोभिडविरुद्धको खोप लगाएको प्रमाण हुनुपर्ने, प्रस्थान गरेको तीन दिनभित्रमा कोभिड परीक्षण गरी पोजेटिभ वा नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने, पोजेटिभ आएमा अष्ट्रेलियाको केन्द्र तथा राज्य सरकारले निर्धारण गरेका क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ । हाल क्वारेन्टिनमा नबसी अष्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया र अष्ट्रेलियन क्यापिटल टेरिटोरीले मात्रै प्रवेश दिएको पनि इक्यानले जानकारी दिएको छ ।
इक्यानका पदाधिकारीले विद्यार्थीहरुलाई सहज ढंगले हवाई टिकट लिन सहजीकरण गर्ने काम आफूले गरिरहेको जनाउँदै कुनै समस्या भए सम्पर्क गर्न आग्रह गरेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।