logo

पार्टीको निर्वाचनमा उम्मेदवार उठ्नेलाई कारवाही गर्छौ : नेपाल पत्रकार महासंघ 

    1632   पटक पढिएको

५मंसिर /अर्थ र व्यापार – नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेका आफ्ना सदस्यहरुलाई विधानबमोजिम कारवाही हुने जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएका हुन ।

उनले हाल आफ्नो पत्रकारीताको व्यवसायीक काम भन्दा राजनीतिक दलका विभिन्न समितिमा पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सदस्यसमेत उम्मेदवार बन्नु महासंघको विधान विपरीत रहेको भन्दै यस्तो चेतावनी सहित ध्यानाकर्षण गराएका हुन् ।
पछिल्लो समय महासंघमा आवद्ध पत्रकारहरु विभिन्न दलको उम्मेदवार बनेको विषयमा प्राप्त आलोचना र टिकाटिप्पणी प्रति गंभिर ध्यानाकर्षण भएको जनाउँदै विधान उल्लघंन भएमा कारवाही हुनेतर्फ सचेत गराएको महासंघले जनाएको छ ।
‘राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्नसक्ने तर्फ ध्यान दिन महासंघ आग्रह गर्दछ’ पत्रकार महासंघद्धारा जारि विज्ञप्तीमा भनिएको छ ।
राजनीतिक दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने कुरा पत्रकारिताको विश्वव्यापी मान्यताभित्र पर्ने महासंघले स्मरण गराएको छ । यसैगरि, महासंघले केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दल वा भ्रातृ संगठनको कुनैपनि तहको विभाग वा समितिमा रही काम गरिरहेको अवस्थामा उच्च नैतिकता प्रस्तुत गर्न आग्रह समेत गरेको छ ।
यसैगरि, सो विज्ञप्तीमा महासंघको विधान, कार्ययोजना र पत्रकार आचारसंहिता विपरीत काम गर्नेलाई कारवाही गर्न महासंघ प्रतिवद्ध रहेको समेत उल्लेख गरिएको महासंघले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।