logo

प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा 

    1481   पटक पढिएको

४ कात्तिक/ अर्थ र व्यापार – प्रधानमन्त्री शेरबहादुर देउवा विगत केही दिनदेखि परेको बेमौसमी भारी वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश प्रस्थान गरेका छन् ।  प्रधानमन्त्री भएको ३ महिनापछि देउवा पहिलोपटक सुदूरपश्चिम प्रदेश र आफ्नो गृहजिल्ला पुग्दैछन् । प्रधानमन्त्री देउवाको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक र बीरबहादुर बलायर पनि सहभागी भएका छन् । 
प्रधानमन्त्री देउवाले बिहीबार दिनभर सुर्खेत, बझाङ, बैतडी, डडेलधुरा, कञ्चनपुर र धनगढीका बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन तथा क्षतिको विवरण बुझेर शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ । उनी नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् । ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर देउवाले खाना खानेछन् । त्यहाँको दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्न जाने छन।
जोगबुढाबाट उनी कञ्चनपुरको महेन्द्रनगर पुग्ने छन् । कन्चनपुर जिल्लाको महेन्द्रनगरस्थित सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा–चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम तय भएको छ । धनगढीबाट प्रधानमन्त्री  देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्रोतले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।