logo

वेमौसमी वर्षा र बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८८ पुग्यो, ३० जना बेपत्ता

    1479   पटक पढिएको


४ कात्तिक /अर्थ र व्यापार – वेमौसमी वर्षा, बाढीपहिरो र डुबानबाट बिहीबार विहानसम्ममा मुलुकका विभिन्न जिल्लामा गरि ८८ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सो जानकारी गराएको हो । 
मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार अझै ३० जना बेपत्ता भएका छन् । अधिकांशको लगातारको वर्षासँगै गएको पहिरोका कारण अहिलेसम्म यतिधेरैजनाको ज्यान गएको हो । 
बिहीबार मात्रै ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ । यसअघि बुधबार ६३ र मंगलबार १४ को मृत्यु पुष्टि भएको थियो । ठुलो वर्षापछिको विपतमा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ । इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु भएको छ ।
यसैगरि, कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुर लगायत १५ जिल्लामा मानवीय क्षति भएको गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिईन । मन्त्रालयका अनुसार कात्तिक महिनामा भएको बेमौसमी वर्षाबाट उत्पन्न विपद्बाट २० जिल्ला प्रभावित भएको छ । हालसम्म बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारजना सहित विभिन्न जिल्लामा गरेर ३० जना बेपत्ता भईरहेको गृहमन्त्रालयले जनाएको छ । बिहीबार विहानबाट भने विग्रिएको मौसममा क्रमशः सुधार आएको छ । वर्षा कम भएपनि पहिरोको जोखिम भने कायमै रहेको मन्त्रालयले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।