logo

दसैंलाई यसरी छानौं राम्रो र गुणस्तरीय खसी

सिङमा हरियो रंग लगाईएको खसी स्वस्थ र रातो रंग लगाईएको अस्वस्थ 

    1534   पटक पढिएको

२४ असोज / अर्थ र व्यापार – अन्य बेलाको भन्दा दसैंको समयमा खसी बोकाको मासुको खपत बढी हुन्छ । धार्मिक, साँस्कृतिक महत्वसँगै दसैंलाई राम्रो लगाउने र मीठो खाने पर्वका रुपमा पनि लिइन्छ । धेरैले घरमै खसी, बोका, च्याङग्रा, भेडा आदि काटेर मासु खाने गर्दछन् ।
सरकारले समेत उपभोक्ताले सहजरुपमा खसीबोका पाउन् भनेर नेपाल खाद्य तथा व्यापार कम्पनी मार्फत सहुलियत दरका खसिबोका बिक्री गर्ने गरेको छ । तर, दसैंका लागि खसीबोका छान्दा धेरै कुरामा ध्यान पु¥याउनु पर्छ । दसैंकालागि काठमाडौं उपत्यकामा ल्याइने खसीबोकाको सिङमा नीलो र रातो रंग लगाइएको हुन्छ । नीलो रंग लगाइएका खसी स्वस्थ हुन् भने रातो रंग लगाइएका अस्वस्थ हुन् । उपभोक्ताले स्वस्थ खसी पाऊन् भनेर पशु सेवा विभागले प्राविधिक टोलीलाई खसीबोकाको स्वास्थ्य परीक्षण गर्न खटाएको छ। तपाईं पनि खसी किन्दै हुनुहुन्छ भने सिङमा हरियो रङ लगाइएको खसी रोज्नुस्। त्यसो गर्नुभयो भने तपाईंले स्वस्थ खसी पाउनुहुन्छ।
‘खसी स्वस्थ रहेको अवस्थामा सिङमा हरियो रङ पोतिन्छ र अस्वस्थ भेटिए रातो रङ पोतिन्छ,’ पशु सेवा विभागका प्रवक्ता डा.चन्द्र ढकालले भने । उनका अनुसार आजदेखि नै विभागले पशु स्वास्थ्य परीक्षण कार्य सुरू गरेको हो । 
खसीको स्वास्थ्य परीक्षण गर्दा आँखामा कचेरा, नाकमा सिँगान, ज्वरो छ कि छैन भनेर जाँच गरिन्छ। जाँच गर्दा सबै सामान्य भेटिए खसीको सिङमा हरियो रङ ‘स्प्रे’ गरिन्छ। जाँच गर्दा ज्वरो, आँखामा कचेरा, नाकमा सिँगान र पातलो दिसा देखिए खसीको सिङमा रातो रङ ‘स्प्रे’ गरिन्छ। अस्वस्थ खसी तुरून्त रातो रङ लगाएर उपचार गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरिएको प्रवक्ता ढकालले जानकारी दिए । 
राजधानीको कलंकी, बल्खु, थानकोट, बालाजु, टुकुचा र लगनखेलको खसीबजारमा प्राविधिक टोलीले खसी बोकाको स्वस्थ्य परीक्षण गर्न सुरू गरेको छ । कलंकी बजारबाट अन्य ठाउँमा पनि खसी जाने भएकाले बढी विशेष ध्यान दिइएको उनले बताए । उनका अनुसार नवमीसम्म विभिन्न खसीबोका बिक्रीस्थलमा गएर समेत प्रत्येक दिन बिहान पशु चिकित्सकले स्वस्थ्य परीक्षण गरिने छ।  ‘हामी आजदेखि नवमीसम्म पशुको स्वास्थ्य परिक्षणमा खटिन्छौं,’ उनले भने। नेपाल चौपाया खरिदबिक्री तथा कृषि फार्म ग्रुपका अध्यक्ष दिपक थापाले ढाड मोटो भएका खसीबोका स्वादिलो र स्वस्थ हुने बताए । 
‘दसैंका लागि किन्ने खसीबोकाको ढाड छामेर पनि गुणस्तरबारे बुझ्न सकिन्छ,’ उनले भने। उनका अनुसार हेर्दा टाठो देखिने खसीबोका पनि स्वस्थ हुन्छन् । उपभोक्तालाई खसी किन्दा आँखामा कचेरा नलागेको, नाकबाट सिंगान नबगेको र भुँडी नढाडिएको खसीबोका किन्न उनले सुझाएका छन्। ‘सरकारले पनि स्वस्थ र अस्वस्थ खसी छुट्याइदिएको छ,’ उनले भने, ‘कतै छुटेको रहेको छ भने पनि हेर्दै झोक्राएर बसेको खसी चाहिँ किन्नु हुँदैन।’  उनका अनुसार छोटो कान भएका लोकल खसीबोका मासुका लागि राम्रो मानिन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।