logo

एमबीबीएस प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल झा विश्व निकेतन मा वि र भाईवे्रन्टबाट सम्मानित

    5565   पटक पढिएको


२२ साउन/अर्थ र व्यापार– यस वर्षको चिकित्सा शिक्षा आयोगद्धारा लिईएको एमबीबीएस प्रवेश परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी आशिक झा सम्मानित भएका छन् । झा सामुदायिक विद्यालय विश्वनिकेतन मा वि त्रीपुरेश्वरका विद्यार्थी हुन् । 

शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच आयोगद्धारा लिईएको प्रवेश परिक्षामा सर्वोउत्कृष्ट हुन सफल विद्यार्थी झालाई विद्यालय र उनले एमविविएस ईन्ट्रान्स प्रिपरेसन गरेको संस्था भाईवे्रन्टले सम्मान गरेको हो । 

शुक्रबार सार्वजनिक नतिजाअनुसार २ सय पूर्णांकमा झाले १ सय ८६ अंक प्राप्त गरेका छन् । सर्वोउत्कृष्ट भएसँगै झाले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गर्ने पूर्ण छात्रवृत्ति पनि पाएका छन्।  

झाले कक्षा ११ र १२ विश्वनिकेतन मा वि त्रीपुरेश्वरमा अध्ययन गरी भाईवे्रन्ट एमविविएस ईन्ट्रान्स प्रिपरेसन सेन्टरबाट एमविविएस ईन्ट्रान्सको तयारी गरेका थिए । साधारण कृषक परिवारमा जन्मिएका झाले जनकपुरको श्री माध्यमिक विद्यालयबाट एसईईमा ३.७ जीपीए ल्याउन सफल भएको थियो ।

कार्यक्रममा विद्यालयका भाईस प्रिन्सिपल केदार प्रसाद दाहलले सामुदायिक विद्यालयका विद्यार्थीले चिकित्सा शिक्षा आयोगद्धारा लिईएको पहिलो प्रवेश परिक्षामा सर्वोउत्कृष्ट हुनु देशकै गौरवको बिषय भएको बताए । उनले विद्यार्थी आशिक झाको कडा मेहनत र लगनशिलताको पनि तारिफ गरे । 

भाईस प्रिन्सिपल दाहलले विश्व निकेतन मा विका विज्ञान संकायका विद्यार्थीलाई विगत लामो समयदेखि भाईवे्रन्टले प्रि मेडिकल र मेडिकल तयारीका कक्षाहरु निशुल्करुपमा उपलब्ध गराउदै आएको भन्दै भाईवे्रन्ट ईन्ट्रान्स प्रिपरेसन सेन्टरलाई धन्यवाद ज्ञापन गरे । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।