logo

राष्ट्रिय योजना आयोगद्वारा १५ औँ पञ्च वर्षीय योजना सार्वजनिक

    1663   पटक पढिएको

२२ फागुन /अर्थ र व्यापार - राष्ट्रिय योजना आयोगले १५ औँ पञ्च वर्षीय योजना सार्वजनिक गर्दै हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ । हरेक वर्ष दोहोरो अङ्कको आर्थिक वृद्धिका लागि कृषि, उद्योग र सेवा क्षेत्रको योगदानलाई प्राथमिककतामा राखिएको छ । जसमा कृषि क्षेत्रको औसतमा ५.६ प्रतिशत आर्थिक वृद्धि हुनेछ । त्यसको लागि आठ खर्ब ३० अर्ब ३० करोड अर्थात् ८.६ प्रतिशत लगानी हुने आंकलन गरिएको छ ।

यस्तै उद्योग तर्फ औसत १७.१ प्रशित वृद्धि हुने लक्ष्य राखिएको छ । जसका लागि ३५ खर्ब ८३ अर्ब ४७ करोड रुपैयाँ अर्थात् ३६.६ प्रतिशत लगानी आवश्यक ठानिएको छ । यता सेवा तर्फ ९.९ प्रतिशत आर्थिक वृद्धि हुने आंकलन गरिएको छ । यसका लागि ५३ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँ अर्थात् ५४.८ प्रतिशत लगानीको आकंनल गरिएको छ ।
आयोगले वर्षिक १०.१ प्रतिशत आर्थिक बृद्धिका लागि ९७ खर्ब ७७ अर्ब ७५ करोड रुपैयाँ लगानी आवश्यक रहेको छ । उक्त लगानी मध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड अर्थात् ३७.६ प्रतिशत सरकारले लगानी गर्ने आयोगले जनाएको छ । निजी क्षेत्रको ५६ खर्ब ८३ अर्ब ८८ करोड रुपैयाँ अर्थात् ५८.१ प्रतिशत र सहकारी क्षेत्रको चार खर्ब १९ अर्ब ३१ करोड अर्थात् ४.३ प्रतिशत लगानी हुने आयोगको अपेक्षा रहेको छ ।

आयोगले १५ औँ योजना अवधिमा सम्पन्न गर्नुपर्ने आयोजनामा १७ वटालाई आफ्नो प्राथमिकतामा पनि राखेको छ । आयोगका अनुसार योजना अवधिमा सम्पन्न गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनामा सिक्टा सिंचाइ, बबई सिंचाइ, राजीनमरा कुलरिया सिंचाइ, भेरी बबई डाईभर्सन बहुउद्देशीय आयोजना, गौतमबुद्ध अन्र्रा्ष्ट्रिय विमानस्थल आयोजना, पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल, निजगढ अन्तर्रा्ष्ट्रिय विमानस्थल, काठमाडौँ तराई मधेश दुतमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली कोरिडोर, हुलाकी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत परियोजना,लुम्बिनी विकास कोष, र विद्युत प्रशारण आयोजना रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।