logo

बन्दाकोपीमा गाँठे रोग (क्लबरुट) लाग्दा १५ करोडको नोक्सान

    1994   पटक पढिएको

२४ साउन / अर्थ र व्यापार – तेह्रथुम र धनकुटामा लगाइएको बन्दकोपीमा गाँठे रोग (क्लबरुट) लाग्दा किसानलाई एक सातामा नै १५ करोड रुपैयाँबराबरको नोक्सान भएको छ । किसानले बारीबाट टिपेर पठाएको बन्दाकोपीसमेत बाटोमै कुहिएपछि व्यापारीले समेत लान छाडेको छ । तीन वर्षअघि पनि यस क्षेत्रको बन्दाकोपीमा क्लबरुटको प्रकोप देखिएको थियो । 

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको बालीरोग विज्ञान महाशाखा खुमलटारले किसानका बारीमै आएर अनुसन्धान गरेको थियो । त्यसपछि दुई वर्षसम्म नदेखिएको रोग यो वर्ष पुनः देखा परेको छ । सुरुमा बन्दाकोपीमा मात्रै देखिएको प्रकोप अहिले अन्य बालीमा समेत फैलिएर दुःख दिन थालेको छ । अहिले काउली, रायो, ब्रोकाउली, तोरी, चम्सुर, सलगम लगायत बालीमा समेत क्लबरुटको संक्रमण फैलिएको छ । 

बजारमा पठाउने वेलामा बारीमै बन्दा कुहिएपछि ५ लाख रुपैयाँबराबरको नोक्सान भएको छ । तेह्रथुमका छथर गाउँपालिकाका र लालीगुराँस नगरपालिकाका अधिकांश किसानले बन्दाकोपीको व्यावसायिक खेती लगाएका छन् । विगतमा १० रुपैयाँदेखि ३५ रुपैयाँ प्रतिकेजीसम्म कारोबार भएको बन्दाकोपी यो वर्ष ३ रुपैयाँमा कारोबार भइरहेको छ । रोगको प्रकोप र मूल्यमा आएको भारी गिरावटले स्थानीय किसानलाई करोडौँ रुपैयाँको नोक्सान भएको हो ।

बारीमा बन्दा रोप्दा बिउ, प्लास्टिक, मल, विषादी, बारीको खनजोत र कामदारसमेत गर्दा २ लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । यहाँको बन्दाकोपी धनकुटाको सिधुवा हुँदै धरानको कृषिउपज बजारमा पुग्छ । त्यहाँबाट भारतीय बजारतर्फ निकासी हुन्छ । तर, अत्यधिक कुहिएकाले भारततर्फ निकासी गर्न नसकिएको छ । यो वर्ष तेह्रथुम र धनकुटाबाट लगेको बन्दा धरान नपुग्दै कुहिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।