logo

माम्खा मावि लाई ६ लाख बराबरको पुस्तकालय

    2446   पटक पढिएको

१५ पुस  अर्थ र व्यापार - चिशंखुगढी गाउपालिका ८ माम्खा स्थित श्री माम्खा माविमा पुस्तकालय स्थापना गरिएको छ । ओखलढुंगा पर्यटनका अध्यक्ष समाजसेवी तथा नेपाली कांग्रेसका नेता लिला बल्लदभ दाहाल (काका) को सहयोगमा विकल्पका लागि आवाज नेपालले पुस्तकालय स्थापना गरेको हो । 

दुर्गमका नागरिकको शैक्षिक स्तर बृद्धि गर्दै उच्च तहको सरकारी सेवामा प्रवेश गराउने उद्देश्यका साथ लोकसेवा आयोग, इतिहास, भूगोल, राजनीति, साहित्यीक, विद्यालयको पाठ्याक्रम अनुसारका र नेपाली, अंग्रेजी शब्दकोष गरी ७ सय थान भन्दा बढी  पुस्तक उपलब्ध गराएको समाजसेवी लिलाबल्दभ दाहालले बताए । 

विद्यालयमा आज एक औपचारिक कार्यक्रम गरी ६ लाख बराबरको पुस्तकहरु विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलालाई हस्तान्तरण गरिएको दाहालले जानकारी दिए । दुर्गमका नागरिकको शैक्षिक उन्नयन र ओखलढुंगेलीहरुको लोकसेवामा पहुँच बृद्धिका लागि सामुदायिक विद्यालयमा पुस्तकालय अभियान अन्र्तगत माम्खा माविमा पुस्ताकालय स्थापना गरिएको र यो अभियानलाई निरन्तरता दिइरहने दाहालले प्रतिवद्धता समेत व्यक्त गरे ।  

२०१८ सालमा स्थापना भए पनि पुस्तकालयको अभाव झेलीरहेको माम्खा माविमा पुस्तकालय स्थापना भएसंगै स्थानीय बुद्धिजिवी तथा शिक्षासेवीहरुले खुसी व्यक्त गरेका छन् । उक्त विद्यालयमा अध्यान गरेका धेरै व्यक्तिहरु माथिल्लो निकायमा पुगेका स्मरण गराउदै माम्खा माविका पूर्व प्रधानाध्यापक शिक्षासेवी उत्तर कुमार कट्वालले माम्खाको शैक्षिक अवस्था सुधारका पुस्तकालयले निकै सहयोग पुग्ने बताए । सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार संगै दुर्गमका नागरिकको शैक्षिक उन्नयनका लागि पुस्तकालय स्थापना गरेर माम्खावासीलाई सहयोग पुर्याएको भन्दै सहयोगि दाताहरु प्रति स्थानीयले खुसी व्यक्त गरेका छन् । 

पुस्तकालय स्थापनाका लागि आवश्यक फर्निचरको व्यवस्था विद्यालयले मिलाएको विद्यालयका प्रधानाध्यापक गेट प्रसाद धमलाले जानकारी दिए । प्रदेश नम्बर ३ का नेपाली कांग्रेसका सांसद नरोत्तम बैध्यको प्रमुख आतिथ्यतामा भएको पुस्तकालय हस्तान्तरण तथा उद्घाटन समारोहमा प्रदेश सांसदहरु दिपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, नेपाली कांग्रेस ओखलढुंगाका नेता बालकृष्ण दाहाल, कुमार लुइटेल नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष नविन राई लगायत नेता तथा शैक्षिक सरोकारवालाहरुको उपििस्थति रहेको थियो । विकल्पका लागि आवाज नेपालले गत बर्ष सिद्धिचरण नगरपालिका वडा नम्रब ३ नारायणस्थान माविमा पनि पुस्तकालय स्थापना गरेको थियो । 
     
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।