logo

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

    1937   पटक पढिएको


२२ असोज/अर्थ र व्यापार– विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो ।

नेपाल सरकारले भने आर्थिक वर्ष २०७६/७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

यस्तै, चालु आर्थिक वर्ष २०७७/७८ मा सरकारले भने ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिरहँदा विश्व बैंकले भने सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ । 

विश्वबैंकले कोरोना भाइरसको महामारीका कारण दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र अहिलेसम्म कै गहिरो संकटमा परेको उल्लेख गरेको छ । आर्थिक क्रियाकलाप र पर्यटन जस्ता अनौपचारिक क्षेत्र सबैभन्दा मारमा परेको विश्व बैंकको भनाइ छ । 

नेपालमा अनौपचारिक व्यवसायमा संलग्न करीव ५० प्रतिशत उद्यमीहरुनै अधिकांश श्रमजिवीको कमाइका मूख्य स्रोत भएको भन्दै कोरोनाका कारण शहरी अनौपचारिक क्षेत्रका कामदार र तीनका परिवार सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् । 

विश्व बैंकले अनौपचारिक क्षेत्रलाई तत्काल चलायमान बनाउँदा कोरोना भाइरसको संक्रमण झन् तीब्र रुपमा बढ्ने हुँदा नेपालले दोहोरो संकटको अवस्था भोग्नुपर्ने चेतावनी दिएको छ।

विश्व बैंकले सरकारलाई सर्वव्यापी सामाजिक सुरक्षाका कार्यक्रम ल्याउन सुझाव दिएको छ । बढी उत्पादकता, सीप विकास र मानव पूँजीलाई टेवा पु¥याउने नीतिको विकास गर्न समेत बैंकले सरकारलाई सुझाव दिएको छ।

नेपालले आर्थिक क्रियाकलाप वृद्धिका लागि भौतिक पूर्वाधार निर्माण र अनौपचारिक क्षेत्रमा वित्तीय पहुँच बढाउनुपर्ने बैंकको सुझाव छ ।

विश्व बैंकले कमजोर अर्थतन्त्र भएका १ सय भन्दा बढी मुलुकमा अनुदान तथा सहुलियत पूर्ण ऋणका रुपमा १ सय ६० करोड अमेरिकी डलर भन्दा बढी रकम प्रवाह गर्ने नीति लिइएको प्रतिवेदनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।