logo

वाइडबडी विमान खरिदवारे विस्तृत छानबिन हुनुपर्ने सांसदहरुको धारणा

रावलको आपत्तिपछि कंसाकारले मागे माफी

    1892   पटक पढिएको

७ मंसिर / अर्थ र व्यापार- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका छन् । शुक्रवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरुले वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको भन्दै खरिद प्रकरणका कागजपत्रहरु माग गरेपछि मन्त्री अधिकारीले २४ घण्टाभित्र बुझाउने प्रतिवद्धता जनाएका हुन् ।

समिति बैठकमा सांसदहरुले वाइडबडीको स्वामित्व प्रष्ट नभएको भन्दै प्रमाण पेश हुनुपर्ने धारणा व्यक्त गरेका थिए । नेकपाका सांसद भीम रावलले वाइडबडी विमान आएको तर त्यो किनेर ल्याएको हो कि भाडामा ल्याएको हो भन्ने प्रष्ट नभएकाले खरिद गरेको प्रमाणपत्र नै उपलब्ध हुनुपर्ने माग गरेका थिए । कांग्रेस सांसद सुजाता कोइराला, दिव्यमणि राज भण्डारी, प्रकाशमान सिंह, डा. नारायण खड्का, नेकपा सांसद अग्नि सापकोटा, सांसद नारदमुनी राना लगायतले उपसमिति गठन गरी विस्तृत छानबिन हुनुपर्ने धारणा राखेका थिए ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले वाइडबडी विमान खरिदको कागजातहरु असन बजारमा बाँड्नुपर्ने हो भन्दै संसदीय समितिमै जंगिए । शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नहरुको उत्तर दिने क्रममा महानिर्देशक कंसाकारले वाइडबडी खरिदको कागजात माग्नेहरु धेरै भएको भन्दै ‘के असन बजारमा लगेर बाँड्नुपर्ने हो ?’ भनेका हुन् ।

छलफलका क्रममा सांसदहरुले सार्वजनिक खरिद ऐनको प्रक्रिया मिचेर विमान खरिद गरिएको कुरा आएको र यस विषयमा प्रष्ट पार्न उनलाई आग्रह गरेका थिए । तर, महानिर्देशक कंशाकारले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन नमिचेको दाबी गरे । विमान खरिद गर्नुपुर्व व्यापारिक योजना तयार पारेर विमान खरिद गरिएको समेत उनले स्पष्ट पारे । ‘व्यापारिक योजना तयार नगरी त १९ सिटे विमान पनि किन्न सक्दैनौं’ उनले भने, ‘हामीले व्यापारिक योजना बनाएर खरिद गरेका हौं, यसमा शंका छैन ।’

महानिर्देशक कंसाकार बोलिरहेका बेला सत्तारुढ नेकपाका सांसद भीम रावलले केही शब्दलाई लिएर आपत्ति जनाए । संसदीय समितिलाई ‘असन बजार’ भन्ने शब्द प्रयोग गरेर अवहेलना गरेको भन्दै कंसाकारलाई माफी माग्नुपर्ने रावलको माग थियो । रावलको आपत्तिपछि महानिर्देशक कंसाकारले आफूले सम्मानित समितिलाई त्यस्तो नभनेको भन्दै माफी मागे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।