logo

भिभिआइपी चढेको जहाज होल्ड हुनुमा क्यानको कमजोरी, विभागीय कारबाही गर्न सिफारिस

    1463   पटक पढिएको

८ चैत्र /अर्थ र व्यापार - प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आकाशमा आधा घण्टा होल्ड भएपछि छानबिन गर्न गठित समितिले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कमजोरी औंल्याएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनराज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा अतिविशिष्ट व्यक्तिको आन्तरिक उडानमा प्राथमिकताको संवेदनशीलता ख्याल नगरेको भन्दै क्यान र सम्बन्धित एयरलाइन्सका कर्मचारीलाई विभागीय कार्वाही गर्न सिफारिश गरेको हो ।
सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । गत फागुन २१ गते प्रधानमन्त्री ओली सवार यति एयरलाइन्सको जहाज चन्द्रगढी विमानस्थलबाट काठमाडौं अवतरणका क्रममा होल्ड भएको थियो ।

समितिले चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख र विमानस्थलका टावर कन्ट्रोलर विभागीय कार्वाही गर्न क्यानलाई लेखी पठाउने तथा यती एयरलाइन्सका ग्राउण्ड ह्याण्डलिङ म्यानेजर र फ्लाइट डिपार्चरलाई ड्युटीमा लापरवाही गरेका कारण विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने सिफारिश गरेको छ । चन्द्रगढी विमानस्थलस्थित यती एयरलाइन्सका फ्लाइट डिपार्चरलाई भिभिआइपी सवार हुने उडान तय भएको व्यहोरा फ्लाइट प्लानमा नजनाई टावरमा पेश गरेकामा निजलाई विभागीय कार्वाही गर्न यती एयरलाइन्सलाई निर्देशन दिने जनाएको छ । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एप्रोच कन्ट्रोलमा भिभिआइपी सवार उडान ह्याण्डिल गर्ने ड्युटी कन्ट्रोलर, सुपरभाइजर र कोअर्डिनेटरलाई सचेत गराई अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एनेक्स १ पर्सनल लिसिनिङमा भएको व्यवस्थाअनुसार स्वास्थ्य परीक्षण गराई श्रवण क्षमता यकिन गरेर मात्र काममा लगाउन क्यानलाई लेखी पठाउने सिफारिश गरेको छ । 

यती एयरलाइन्स उडान नं एन वाइटी ९२६ का चालकलाई फ्लाइट प्लान रुजु नगरेको र आफूले उडान भरेको वायुयानमा भिभिआइपी चढेको व्यहोरा सम्बन्धित एटिएस युनिटलाई जानकारी भए÷नभएको यकिन नगरेका कारण सचेत गराउन यती एयरलाइन्सलाई निर्देशन दिइएको प्रतिवेदनमा उल्लेख छ । समितिका संयोजक सुरेश आचार्यले एयरलाइन्स कम्पनी र चन्द्रगढी विमानस्थलका एटिसीले अतिविशिष्ट व्यक्तिको उडानबारे संवेदनशील नभएको र विमान चालक पाइलटले समेत काठमाडौं विमानस्थल टावरलाई सही सूचना नदिएकाले जहाज होल्ड भएको अनुसन्धानका क्रममा खुलेको उल्लेख गरे। उनले घटनामा संलग्न दोषीलाई कार्वाही गर्न र आगामी दिनमा यस्ता गतिविधि सुधार्न तथा अतिविशिष्ट व्यक्तिको उडानमा सुरक्षालाई मध्यनजर गर्दै बेलैमा जानकारी गराउन नेपाल प्रहरीलाई समेत सचेत गराइने बताए ।

यस्तै छानबिन समितिले यती एयरलाइन्सलगायत सबै वायुसेवा कम्पनीले आ–आफ्नो फ्लाइट प्रोग्राम र फ्लाइट प्लानमा भिभिआइपीले उडान गर्ने भए अनिवार्यरुपमा जानकारी दिन सुझाव दिएका छन् । प्रस्थान गर्ने विमानस्थलको एटिएस युनिटले पनि गन्तव्य विमानस्थलको एटिएस युनिटमा रेडियो सम्पर्क वा अन्य विद्युतीय माध्यमबाट भिभिआइपीले उडान गर्ने भए अनिवार्य रुपमा सम्प्रेषण गर्नुपर्ने र फ्लाइट कार्यक्रम तथा फ्लाइट प्लान बुझाउने व्यवस्था नभएका विमानस्थलमा भिभिआइपी सवार उडान हुने भए चालक दलले रेडियो सञ्चारमार्फत सो व्यहोरा सम्बन्धित एटिएस युनिटलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्ने उल्लेख गरिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।