logo

सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको निति लिने

    1818   पटक पढिएको

१५ श्रावण / अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारी नेपालमा सरकारले ग्रामीण पर्यटनलाई प्रोत्साहनको निति लिएको वताएका छन । मंगलवार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को २२ औं वार्षिक साधारणसभा तथा गाउँ पर्यटन दिवसको अवसरमा मन्त्री अधिकारीले सरकारले गाउँ पर्यटनलाई प्रोत्साहनको निति लिएकै कारण दर्ता र नविकरण बाहेकको अन्य शुल्क नलिएको वताउँदै यो निति अझै केहि वर्ष जारी रहने वताए । ग्रामीण पर्यटनमा दिईने सेवामा गुणस्तर वढाउन आवश्यक रहेको र त्यसका लागी सरकारले छिट्टै होमस्टेहरुका लागी आवश्यक तालिमको व्यवस्था गर्ने मन्त्री अधिकारीले वताए ।

मन्त्री अधिकारीले सरकारको पहिलो चासो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण र सुधारमा रहेको वताए । आगामी सेप्टेम्बर १ देखि त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल विहान छ वजेदेखि सञ्चालनमा आउने वताए । त्यसैगरि मन्त्री अधिकारीले सरकारले देशभर एक सय वटा नयाँ पर्यटकिय गन्तव्यहरु विकास गर्ने पनि वताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री प्रकाशशरण महतले नेपालमा पर्यटन विकासका लागी ठूला र साना पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको वताए । त्यसैगरि नेकपाका केन्द्रिय सदस्य टेकबहादुर बस्नेतले ग्रामीण पर्यटनको विकासका लागी सरकारले उचित योजनाहरु ल्याउनुपर्ने वताए । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पर्यटन क्षेत्रमा कर,भ्याट लगायतका विविध समस्या रहेको भन्दै त्यसको समाधानका लागी पर्यटनमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका अध्यक्ष कमल सापकोटाले ग्रामीण पर्यटनको माध्यमवाट ग्रामीण जनताको स्तर उकास्न मद्दत पुग्ने वताए । उनले नेपाललाई सानो लगानीले नै पनि छिट्टै सम्बृद्धि ल्याउने हो भने ग्रामीण पर्यटन नै त्यसको आधार हुने वताए ।

गाउँ पर्यटन दिवसको अवसरमा कास्कीको कालावाङ घरेली होमस्टेलाई पुरस्कृत पनि गरियो । त्यसैगरि गाउँ पर्यटन सम्बन्धि पत्रकारितामा योगदान पु¥याएको भन्दै अर्थ र व्यापार साप्ताहिकका सम्पादक नविन काफ्ले,माउण्टेन टेलिभिजनका कुमार चौलागाई र ग्रीनपाटीका लोकेन्द्र शाहलाई सम्मान गरियो । आजै भिटोफ नेपालको नयाँ नेतृत्वका लागी ध्रुव सिम्खडा र बासुदेव पाण्डे समुहविच निर्वाचन हुँदैछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।