logo

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

किसान जागरण अभियानदेखी भोकै खेतमा काम गर्नेसम्मको आन्दोलनको तयारी 

    2385   पटक पढिएको


९ माघ/अर्थ र व्यापार– उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् ।

उखु किसानले एक विज्ञप्ति जारी गर्दै उद्योग मन्त्रालयको सम्झौतामा उल्लेख भएको समय सीमा समाप्त भैसकेको तर हालसम्म पनि उखु किसानको सम्पूर्ण रकम भुक्तानी नपाएको जनाएको छ ।

गत पुस १३ गते २१ दिनभित्र उखु किसानहरूको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गर्ने गरी उखु किसान संघर्ष समिति र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो ।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले हालसम्म मन्त्रालयले कुन किसानहरूले कति रकम उद्योगीबाट पाउनु पर्ने र भुक्तानी पाइसकेको किसानहरूको विवरण चिनी उद्योगीबाट सार्वजनिक गराउन नसकेको बताए ।

किसानहरूको बाँकी भुक्तानी रकम र भुक्तानी पाइसकेको किसानहरूको विवरण सार्वजनिक नगर्नुले मन्त्रालयले दिएको मौखिक सूचनाबाट शंका उब्जिएको विज्ञप्तिमा उल्लेख छ ।

उखु किसानले तोकिएको मितिमा सबै भुक्तानी नपाएपछि संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

किसानहरुले पहिलो चरणमा माघ १० देखि फागुन ७ गतेसम्म किसान जागरण अभियान गर्ने, दोस्रो चरणमा फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, तेस्रो चरणमा फागुन १५ देखि २१ गतेसम्म एकछाक भोकै बसी काम गर्ने र चौंथो चरणको आन्दोलन घोषणा गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।