logo

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने

    1544   पटक पढिएको

१३ चैत्र /अर्थ र व्यापार - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने विमानस्थलका प्रवक्ता प्रताप तिवारीले बताए । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गर्ने तयारी छ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालन भइरहेको छ । दैनिक १० घन्टा विमानस्थल बन्द हुँदा करिब २० प्रतिशत उडान कटौती हुने प्रवक्ता तिवारीले बताए ।

विमानस्थलबाट अहिले दैनिक ३ सय ५० आन्तरिक र करिब १ सय अन्तराष्ट्रिय उडान भइरहेको छ । मर्मत अवधिभर भने नयाँ उडान तालिकाअनुसार दुवै गरी झन्डै ९० वटा उडान दैनिक कटौती हुने उनको भनाइ छ । एयर ट्राफिक घटाउन गत जेठ ७ गतेदेखि त्रिभुवन विमानस्थलको सञ्चालन समय १८ घन्टाबाट बढाएर २१ घन्टा बनाइएको थियो । विमानस्थलको सञ्चालन समय बढाएसँगै एयर ट्राफिकमा कमी आउँदा यात्रुले सहज महसुस गरेका थिए । तर, फेरि विमानस्थलको सञ्चालन समय १४ घन्टामा खुम्चेपछि आकाशमा विमान घुमिरहनुपर्ने अवस्था निम्तिन सक्ने देखिएको छ ।

त्यसैले नेपालमा पर्यटकीय मौसम सुरु हुने समयमा विमानस्थलको सञ्चालन समय कटौती हुँदा त्यसको चाप उडानहरूमा पर्नेछ । एयर ट्राफिकको समस्या फेरि बल्झन गएमा त्यसले पर्यटकमा नकारात्मक छाप पर्ने नेपाल पर्वतारोहण संघका कोषाध्यक्ष सुदर्शन न्यौपानेले बताए । विमानस्थलले अप्रिल १ अर्थात् चैत १८ गतेदेखि लागू हुने गरी नयाँ तालिका स्वीकृति गरिसकेको छ । नयाँ तालिकाअनुसार कनेक्टिङ फ्लाइटको तालिका नमिल्ने केही विमान कम्पनीहरूले आफ्नो नेपाल उडानका केही संख्या कटौती गरिसकेका छन् । उडान हुने समयको चाप र विमानस्थलको क्षमतालाई ध्यान दिएर सकेसम्म बढी उडानको तालिका मिलाएको त्रिभुवन विमानस्थले जनाएको छ ।

उडानको सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर उडानको संख्या निर्धारण हुने गरेकाले केही उडान बाध्य भएर कटौतीमा परेको विमानस्थलले जनाएको छ । विमानस्थलको उडान अवधि नै छोटिएपछि आन्तरिक र अन्तराष्ट्रिय सेवाका केही उडान स्वाभाविक रूपमा कटौतीमा गएका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।