logo

नेपाल राष्ट्र बैंकद्वारा २ अर्ब २३ करोड ३२ लाख रूपैयाँको ट्रेजरी बिल बिक्री गरिने

    1448   पटक पढिएको

१३ फागुन /अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब २३ करोड ३२ लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंक अन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले सरकारका लागि आन्तरिक ऋण उठाउन उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । बैंकले सूचना मार्फत ९१ दिने अवधिको उक्त परिमाणको ट्रेजरी  बिल बिक्री गर्न लागेको जनाएको छ । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक ट्रेजरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ ।

ट्रेजरी बिल खरीद गर्न चाहनेलाई बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्रमा अनलाईन विडिङ्ग प्रणालीद्धारा ३ बजेसम्म बोलपत्र पेश गरिसक्न आह्वान गरिएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त ट्रेजरी बिल्स खरिदका लागि अप्रतिस्पर्धि आवेदनका लागि १५ प्रतिशत छुट्टाएको छ । जरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन ।

बैंकका अनुसार  सोमबार अक्सन भएको बिल्सको निष्काशन तथा बाडफाँड मंगलबार हुनेछ भने सो ट्रेजरी बिलको सावाँ तथा ब्याज आगामी जेठ १४ गते फिर्ता हुनेछ। एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहुमूल्यमा पनि बोलकबोल गर्न सकिने व्यवस्था छ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

बैंकले यसअघि यही फागुन ६ गते दुई अर्बको ट्रेजरी बिल बिक्री गर्दा १२ अर्ब १२ करोडको आवेदन परेको थियो। सो ट्रेजरी बिल्सको औसत दर २.९८६५ प्रतिशत रहेको थियो।त्यसमा अधिकतम ३.४६९८ प्रतिशत र न्यूनतम ०.०००४ प्रतिशत प्रस्ताव भएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।