logo

पर्यटक उद्धार सम्बन्धि छानविन कार्यदलको सदस्यमा राजश्व विभागका उपमहानिर्देशक थपिए

उजुरी परेका व्यक्ति र कम्पनीहरुको सम्पत्ति छानविन गरिने

    2347   पटक पढिएको

५ असार / अर्थ र व्यापार - नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै ठगी गर्ने कम्पनीहरु माथि छानविन गर्न गठन गरिएको कार्यदलको सदस्यमा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेल थपिएका छन । यसअघि सरकारले गत जेष्ठ २१ गते नेपालको विभिन्न स्थानमा पदयात्रा तथा पर्वतारोहणमा जाने पर्यटकहरुको उद्धारको नाममा ठगी भईरहेको भन्दै यस सम्बन्धमा अनुसन्धान,छानविन र आवश्यक कारवाहीको सिफारिस गर्न एक कार्यदलको गठन गरेको थियो ।

यस सम्बन्धमा अनुसन्धान गर्न गत जेष्ठ २१ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले ५ सदस्यीय एक कार्यदल गठन गरेको थियो । मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलको सदस्यहरुमा पर्यटन विभागका महानिर्देशक, डिआइजी मनोज न्यौपाने, नेपाल नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक सुभाष झा र मन्त्रालयका उपसचिव प्रकाश शर्मा ढकाल छन । कार्यदलको सदस्य सचिवको जिम्मेवारी ढकाललाई दिईएको छ । अनुसन्धानलाई थप प्रभावकारी बनाउन र कम्पनीहरुले वार्षिक रुपमा तिरेको कर लगायतका विषयमा अध्ययन गर्न सहज हुने हुनाले कार्यदलमा आन्तरिक राजश्व विभागका उपमहानिर्देशक लाई थपिएको कार्यदलका सदस्यसचिव प्रकाश शर्मा ढकालले वताए ।

हाल कार्यदलले विदेशी ईन्सुरेन्स कम्पनीहरु संग आवश्यक जानकारी र सुचनाहरुको संकलन गरिरहेको छ । त्यसवाहेक मन्त्रालयले पर्यटकहरुलाई लेक लाग्ने लगायतका स्वास्थ्य समस्या तथा अन्य विपतको उद्धारको नाममा ट्रेकिङ,ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बीमा रकम दाबी गर्ने र ठगी गर्नेहरु माथि अनुसन्धान गरिरहेको छ । हाल यस्ता गतिविधिमा संलग्नहरुको वारेमा उजुरी परिरहेको ढकालले वताए । कार्यदलले विशेषगरी ट्रेकिङ एजेन्सी,ट्राभल,अस्पताल,रेस्क्यु कम्पनी तथा हेलिकप्टर कम्पनीलाई छानबिनको दायरामा ल्याएको छ ।

यसैविच मन्त्रालयले गत मगंलबार केही ट्राभल,ट्रेकिङ एजेन्सी, हेलिकप्टर कम्पनी तथा स्वास्थ्य मन्त्रालयमार्फत केही अस्पताललाई पत्र पठाउँदै विदेशी पर्यटकको उद्धार गरेको स्थान, मिति, समय, बिरामीको नाम, ठेगाना, हेलिकप्टरको भाडा, बिरामी लगिएको अस्पतालको नाम र ठेगानाको सम्पूर्ण जानकारी माग गरेको थियो । त्यस्तै नागरिक उडड्यन प्राधिकरणमार्फत नेपालका दश वटा हेलिकोप्टर कम्पनीहरु माउण्टेन हेलिकप्टर्स,श्री एयरलाईन्स,समिट एयर,सिम्रिक एयर,हेलि एभरेष्ट,प्रभु हेलिकोप्टर्स, मनाङ एयर, एयर डाईनेस्टि, अल्टिच्युड एयर र कैलाश हेलिकोप्टर लाई पत्र पठाउँदै २०१५ जनवरी १ देखि २०१८ मे ३० सम्मको उद्धार उडानको विवरण पनि मागेको छ । नागरिक उड्ड्यन प्राधिकरणका अनुसार असार ६ गते सम्म सवै हेलकप्टर्स वाट उद्धार उडानको विवरण प्राप्त हुनेछ ।

कार्यदलले पर्यटक उद्धारका नाममा ट्रेकिङ,ट्राभल्स कम्पनी, हेलिकप्टर सेवा प्रदायक संस्था र अस्पताल समेतको मिलेमतोमा फर्जी विवरण तयार गरी बीमा रकम दाबी गर्ने र ठगी गर्ने व्यक्ति र कम्पनीहरुको सम्पत्ति छानविन समेत गर्ने तयारी गरिरहेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ । कार्यदलले पदयात्रामा गएका पर्यटकको संख्या,टिम्स काटेको संख्या,अन्य पर्मिटहरुको संख्या,उद्धार उडानको संख्या,बैंक खातामा देखिएको रकम,वार्षिक रुपमा तिरेको कर,नेपालस्थित विदेशी विमा कम्पनीका एजेन्टहरुको बैंक खातामा देखिएको रकम र कागजात लगायतका विषयवस्तुलाई अनुसन्धानको आधार बनाएको जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।