logo

पर्यटन क्षेत्रका समस्याहरुवारे साझा एजेण्डाहरु तय गरेर अगाडी बढ्ने तयारी

    1594   पटक पढिएको

७ आश्विन / अर्थ र व्यापार- पर्यटन क्षेत्रका व्यवसायीक संघ–संस्थाहरुले नेपालको पर्यटन क्षेत्रमा विद्यमान समस्याका वारेमा साझा एजेण्डाहरु तय गरेर अगाडी बढ्ने तयारी गरेका छन । 

मंगलवार नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पर्यटन क्षेत्रका होटल एशोशियसन नेपाल,ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल,नेपाल एशोशियसन अफ ¥याफ्टीङ एजेन्ट्स  र नेपाल पर्यटक यातायात व्यवसायी संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा वक्ताहरुले सो कुरा वताएका हुन । 

कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन पाण्डेले अवको समयमा नेपालले डिजिटल मार्केटिङमा जोड दिनुपर्ने वताए । उनले नेपाल भ्रमण वर्ष लगायत पर्यटन क्षेत्रका सम्पूर्ण समस्याहरुका वारेमा निजी क्षेत्रका सम्पूर्ण संस्थाहरुले एउटै मत बनाएर पर्यटन मन्त्रालय,नेपाल पर्यटन वोर्ड र अन्य सरोकारवाला निकायहरुसंग लविईङ गर्ने वताए ।

होटल एशोशियसन नेपालकी अध्यक्ष सृजना राणाले नेपालको पर्यटन क्षेत्रमा आजसम्म पनि पूर्वाधार,कनेक्टिभिटि र मार्केटिङकै अभाव रहेकोले त्यसमा ध्यान दिनुपर्ने वताईन । टानका अध्यक्ष खुमबहादुर सुवेदी,नाराका अध्यक्ष गंगा नेपाल र एनटिभिएका अध्यक्ष रामहरी शर्मा लगायतले पनि पर्यटन क्षेत्रका सम्पूर्ण समस्याहरु समाधानका लागी निजी क्षेत्रका सम्पूर्ण संस्थाहरुको सामुहिक आवाज हुनुपर्ने वताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।