logo

पर्यटकलाई बिरामी पारेर हेलिकोप्टर र हस्पिटलको पनि व्यापार गर्नेहरुलाई जेल हाल्ने पर्यटनमन्त्रीको घोषणा

    31478   पटक पढिएको

१७ जेष्ठ / अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपालका केहि गलत व्यवसायिका कारण विश्वभर गलत सन्देश गएको वताएका छन । “हिमालमा पर्यटकलाई बिरामी पारेर हेलिकोप्टर र हस्पिटलको पनि व्यापार गर्ने केहि व्यवसायिहरुका कारण विश्वभर नेपालको बारेमा गलत सन्देश गईरहेको छ,कसैसंग कसैको सम्बन्ध छ भनेर कसैलाई छोडिँदैन”–गलत काम गर्ने व्यवसायि जेल जानुपर्छ,मन्त्री अधिकारीले भने । 

यसअघि नेपालमा फस्टाएका गलैंचा र कार्पेट उद्योगको विश्वभर बालश्रमका कारण नकारात्मक प्रचार भएको कारण ध्वस्त भएको उदाहरण दिँदै मन्त्री अधिकारीले स्वच्छ व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरे । काठमाडौंको पर्यटकीय केन्द्र ठमेलमा नेपाली घर होटलको उद्घाटन गर्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन । 

काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलमा अवस्थित यस होटलमा नेपालीकला र संस्कृतीको पहिचान सहित अघि बढाउने उद्देश्य रहेको होटलका प्रबन्ध निर्देशक राजु श्रेष्ठले बताए । यस होटलको बाहिरी बनावट परम्परागत नेपाली शैलीमा र भित्री बनावट प्यागोडा शैलीमा तयार गरिएको छ । स्थानीय शिल्पीहरुले विशुद्ध नेपाली शैलीमा आकर्षक सजावट गरिएको छ । होटलका आवश्यक सरसमानमा नेपाली बजार प्रबद्र्धन गर्ने उदेश्यले ग्रामीण भेगका महिलाहरुले तयार गरेका उत्पादनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याएको उनले बताए ।

होटलमा आरामदायी कोठा, द्रुतगतिमा चल्ने वाइफाई सुबिधा, फिटनेस सेन्टर, मिटिङ हल र रेस्टुरेन्ट छ । होटलमा ३४ वटा रुम र दुईवटा सुइट रुम छन् । उनका अनुसार हेरिटेज डिलक्स रुम २३, हेरिटेज डिलक्स कर्नर ६, हेरिटेज ग्रान्ड डिलक्स ३ र मानगृह र कैलाशकुट सुइट १–१ वटा रहेका छन् । यी सबै कोठा परम्परागत नेपाली कलाले बिशेष रुपमा सजिएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।