logo

पर्यटनका सम्भावनालाई नियम र कानुनमा नै समेटिन्छ : पर्यटनमन्त्री नेपाल

    2543   पटक पढिएको

१९ फागुन / अर्थ र व्यापार- प्रदेश नम्बर ३ का उद्योग,पर्यटन,वन तथा वातावरणमन्त्री अरुण नेपालले प्रदेश नम्बर ३ का पर्यटनका सम्भावना र योजनाहरुलाई निति,नियम र कानुनमा नै समेटेर अगाडी बढाईने वताएका छन । नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनको प्रदेश नम्बर ३ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री नेपालले हाल प्रदेशको निति,नियम र कानुनहरु बन्दै गरेकोले प्रदेश नम्बर तीनको पर्यटन विकासका लागी गर्नुपर्ने कामहरुलाई निति,नियम र कानुनहरुमा नै समेटेर अगाडी बढाईने वताए ।


मन्त्री नेपालले प्रदेश सरकार मात्रले पर्यटन क्षेत्रको लागी धेरै गर्न नसकेपनि केन्द्र सरकार संगको समन्वयमा धेरै काम गर्न सकिने वताए । जनता र पर्यटन व्यवसायलाई जोड्न सक्यो भने मुलुक समाजवाद उन्मुख हुने उनको धारणा छ । प्रदेश नम्बर तीनमा रहेका पर्यटकिय गन्तव्यहरुलाई विकास गर्ने आफ्नो योजना रहेको वताउँदै त्यसको लागी पर्यटन व्यवसायिहरुको सल्लाह र सुझाव आँफुलाई आवश्यक पर्ने उनले वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले पर्यटन क्षेत्रको विकासका लागी सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने वताए । कार्यक्रममा नेपाल उद्योगी व्यवसायि महासंघका कार्यवाहक महासचिव भागिरथ सापकोटा, नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनका प्रदेश नम्बर ३ का संयोजक हरिभक्त श्रेष्ठ लगायतले पर्यटन क्षेत्रका समस्याका वारेमा धारणा राखेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।