logo

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

    2105   पटक पढिएको

३० श्रावण / अर्थ र व्यापार– कोभिड–१९ सँगसँगै अघी बढ्न निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थाको लागि बढी केन्द्रित भई भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन । संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्ट्राईलाई एक ज्ञापनपत्र बुझाउँदै संस्थाहरुले  कोभिड–१९ बाट धराशयी हुँदै गएको पर्यटन तथा होटल उद्योग साउन १५, २०७७ बाट सञ्चालनमा रहने तथा भदौ १ गतेबाट आन्तरिक एवं वाह््य हवाई उडानहरु सुचारु गर्ने नेपाल सरकारको निर्णयबाट समग्र पर्यटन क्षेत्र उत्साहित भई विस्तारै चलायमान बनाउने संकल्पका साथ अगाडि बढेको उल्लेख छ ।

बिदामा बसेका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायका कर्मचारीहरुलाई काममा बोलाई नेपाल सरकारबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न÷गराउन तालिम प्रदान गरी तयारी अवस्थामा राखेको र रहेको बारेमा समेत उनीहरुले उल्लेख गरेका छन । वर्तमान परिवेशले लाखौं मजदुर र हजारौं लगानीकर्ताहरुलाई मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक समस्याहरुले गाँज्दै आक्रोशित र आन्दोलित समेत बनाएको हुँदा नियामक संयन्त्रहरुको परिपालना मार्फत व्यवहारिक ढंगबाट अगाडि बढ्न उनीहरुले आग्रह गरेका छन ।

पर्यटकीय क्षेत्रहरुमा आउने पाहुनाहरुलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण तथा प्रभावकारी पालना गरी सेवा विस्तार गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । पछिल्लो दुई महिना देखि चाटर्ड  र रिप्याट्रिएसन उडान गरि दैनिक ७ देखि १० वटा हवाई उडान संचालन भई रहेकोमा उक्त उडानहरुले समग्र पर्यटन क्षेत्रलाई नसमेटेको साथै राज्यको आर्थिक गतिविधिमा खासै योगदान नपु¥याएको हुँंदा नियमित हवाई सेवा सुचारु गरी पर्यटकीय गतिविधीहरुको संचालन हुने अवस्था सृजना गर्न व्यवसायीका संघ–संस्थाहरुले माग गरेका छन ।

ज्ञापनपत्रमा, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा),टान, हान,नेपाल पर्वतारोहण संघ लगायत डेढ दर्जन पर्यटकिय संस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन ।


     
                                                                            
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।