logo

टुटल र पठाओको गैह्रकानुनी कार्य सार्वजनिक

    2184   पटक पढिएको

१ माघ / अर्थ र व्यापार- दुईपांग्रे सवारीलाई भाडामा प्रयोग गरिने प्लेटफर्म ‘पठाओ’ र ‘टुटल’सँग आवद्ध चालकहरूको संख्या २० हजारभन्दा बढी रहेको प्रहरीले अनुमान गरेको छ । यसरी ठूलो संख्यामा निजी सवारीहरु मोटरसाइकल र स्कुटर प्रयोग हुँदा समेत नियामक निकाय यातायात व्यवस्था विभाग भने मौन देखिएको छ । 

टुटलले दुई वर्षअघि र पठाओले करिब १ वर्ष देखि यस्तो कार्य गरिरहेका छन् । तर, विभागले यसविरुद्ध कुनै कदम चालेको पाइँदैन । ट्राफिक प्रहरीले भने गैरकानुनी कार्य गर्ने यस्ता मोटरसाइकलहरूलाई नियन्त्रणमा लिन थालेको हो । हालसम्म प्रहरीले करिब एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिइसकेको दरबारमार्ग ट्राफिक बिटका प्रहरी निरिक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।  दरबारमार्ग ट्राफिक बिटका प्रहरी निरिक्षक दयाकृष्ण भट्टले यस सम्बन्धमा विशेष अपरेसन नै सञ्चालन गरेका थिए । “हामीले सम्बन्धित कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बोलाएर सम्बन्धित निकायबाट सञ्चालनको अनुमति लिएरमात्र यस्तो कार्य गर्न भनेका छौं”–भट्ट्ले भने ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ मा निजी प्रयोगको लागि दर्ताको प्रमाण पत्र प्राप्त सवारीलाई निजी सवारी भनिने छ । त्यस्तै उक्त दफाको उपदफा २ मा ‘निजी सवारी यातायात सेवाको लागि प्रयोग गर्न पाइने छैन’ भनी स्पष्ट रुपमा उल्लेख गरिएको छ । निजी सवारी भन्नले रातो प्लेटमा सेतो अक्षर र अंक हुनु पर्नेछ भनी ऐनको अनुसूची २ को खण्ड ‘ग’मा लेखिएको छ । हालको ऐन कायम रहँदा सम्म निजी सवारीले यात्रु ओसारपसार गर्न नमिल्ने प्रहरी निरिक्षक दयाकृष्ण भट्टले वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।