logo

 बंगलादेशका राष्ट्रपतिले फेवातालमा डुंगा सयर गर्ने

    953   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार - चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार पर्यटकीय नगरी पोखरा आउँदैछन् । पोखराको फेवातालमा उनलाई डुंगा सयर गराउने कार्यक्रम छ ।

उनी नेपाली सेनाको हेलिकोप्टर चढेर काठमाडौंबाट १० बजे पोखराका लागि प्रस्थान गर्नेछन् । उनले पोखरामा करिब चार घण्टा बिताउने छन् । बंगलादेशका राष्ट्रपतिको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

राष्ट्रपति हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका अर्थमन्त्री किरण गुरुङ, सभामुख नेत्रनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीलगायतले स्वागत गर्नेछन् ।

एयरपोर्टबाट राष्ट्रपति हमिद लेकसाइडस्थित फिस्टेल लजमा केहीबेर आराम गर्न जानेछन् । त्यसपछि फेवातालमा उनले डुंगा सयर गर्ने कार्यक्रम छ ।

केहीबेर डुंगा सयर गरेपछि पुनः फिस्टेल लजमा खाना खाएर रुपाकोट रिसोर्ट जाने कार्यक्रम निर्धारण गरिएको छ । राष्ट्रपति हमिद हेलिकोप्टर चढेर र भ्रमण दलका अन्य सदस्य गाडीबाट रुपाकोट रिसोर्ट जानेछन् । रुपाकोट रिसोर्टमा करिब एक घण्टा बसेपछि उनी आजै अपराह्न सवा चार बजेतिर काठमाडौं फर्किने कार्यक्रम छ ।

रुपाकोटमा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री एवम् गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेत, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार गोविन्द नेपालीलगायत पनि रुपाकोट जाने कार्यक्रम छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने हाल अमेरिका भ्रमणमा छन् ।

राष्ट्रपति हमिदको पोखरा भ्रमण पूरै अनौपचारिक हुने कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘उहाँको औपचारिक कार्यक्रम केही पनि छैन, गुडविल भिजिट भनेको छ ।’ पोखराबाट फर्किएपछि उनले शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्नेछन् । त्यसपछि उनी शुक्रबारै करिब पाँच बजे स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनले भक्तपुर दरबार स्क्वायर भ्रमण गरेका थिए । उनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।