logo

सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गयो ः पौडेल   

    1044   पटक पढिएको

 ९ मंसिर / अर्थ र व्यापार - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताएका छन् । रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएका छन् ।”

द्वन्द्वकालमा ठूलो लडाइँ लडेर नेपाली कांग्रेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको भन्दै नेता पौडेलले भने, “हामीले ठूलो लडाइँ लेडर देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ तर अहिलेको सरकारले यसलाई उल्टो गतितर्फ लैजान खोजिरहेको छ ।” वर्तमान सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको उनको भनाइ थियो ।

नेता पौडेलले अहिले कम्युनिष्ट सरकारको विरुद्धमा नेपाली कांग्रेस देशभरि चुनावी अभियानमा जुटेको भन्दै जनतालाई भएभरका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको बताए ।उनले भने, “यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन तर कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गरिरहेको छ ।” उनले वर्तमान सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको पनि बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले उपनिर्वाचनपछि अहिलेको सरकारले गरेको ज्यादतीको पर्दाफास हुने बताए । उनले भने, “दुई तिहाईको सरकारले गरेको ज्यादती र भ्रष्टाचारको पर्दाफास उपनिर्वाचनपछि हुनेछ ।”
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।