logo

टान नेतृत्वका आकांक्षीहरुले आफ्ना एजेण्डाहरु ल्याउनुपरयो : पूर्व अध्यक्ष अधिकारी

    2210   पटक पढिएको

२४ असार / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४१ औं वार्षिक साधारणसभा को मिति आगामी भाद्र २० (सेप्टेम्बर ६) का दिन तोकिएसंगै टानमा नेतृत्व लिन चाहनेहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन । 

टानको आगामी नेतृत्वका वारेमा व्यवसायीहरु विच चर्चा परिचर्चा भईरहँदा अर्थ र व्यापारले टानका पूर्व अध्यक्ष ज्योति अधिकारीसंग टानमा कस्तो नेतृत्व आवश्यक छ भन्ने प्रश्न राखेको थियो । अर्थ र व्यापारसंग कुरा गर्दै टानका पूर्व अध्यक्ष अधिकारीले नेतृत्वमा जान चाहनेहरुले आफ्ना एजेण्डा र आँफु टानमा गएर गर्न चाहेका कामहरु वाहिर ल्याएर बहस चलाउनुपर्नेमा त्यसो नभईरहेको वताए । “हरेक व्यक्तिमा टानमा नेतृत्व लिन र त्यहाँको स्रोतहरुमा मात्र ध्यान गएको पाईयो, केहि समय अगाडी देखि नै आफ्ना एजेण्डाहरु व्यवसायीहरु विचमा ल्याएर बहस, छलफल गराएर ति एजेण्डा लागु गर्न कसैले पहल गरेको देखिएन”–अधिकारीले भने ।

“पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी टानको नेतृत्वले विभिन्न सरकारी निकायहरुसंग समन्वयकारी भुमिका खेल्न सक्नुपर्छ, त्यसका लागी सक्षम व्यक्तिले टानको नेतृत्व लिएमात्र टानले गति लिन सक्छ”–पूर्व अध्यक्ष अधिकारीले भने । केहि वर्ष पहिलेको टानको उदाहरण दिँदै अधिकारीले त्यस्ता योग्य व्यक्ति टानको नेतृत्वमा नआएमा सरकारी सुब्बाले पनि नटेर्ने हुँदा पदयात्रा व्यवसायीका समस्या समाधानका लागी सरकारसंग लविईङ गर्न नसक्ने वताए ।

पहिले–पहिले अस्थिर सरकारहरु हुँदा टान नेतृत्वलाई कतिपय आफ्ना विषयहरु लागु गराउन सजिलो भएपनि हाल त्यो अवस्था नरहेको अधिकारीले वताए । “स्थिर र शक्तिशाली सरकार भएको अवस्थामा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रलाई पनि पुरा विषयवस्तुमा सहमत गराएर मात्र नितिगत परिवर्तन ल्याउन सकिन्छ, त्यस्तो नेतृत्व व्यवसायीहरुले छान्नेछन् भन्ने मलाई विश्वास छ”–अधिकारीले भने । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।