logo

टान निर्वाचनका लागी लम्साल र दाहाल समुहको मनोनयन दर्ता

अध्यक्षका लागी तीन जनाको उम्मेदवारी

    1717   पटक पढिएको

९ कात्र्तिक/अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी टानका पूर्व महासचिव मोहन लम्साल समुह र पूर्व महासचिव नवराज दाहाल समुहको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा मोहन लम्साल,नवराज दाहाल र स्वतन्त्र उम्मेदवार नुरु जाङबु शेर्पाको पनि उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।


लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सह–कोषाध्यक्षमा किरण धरेलले मनोनयन दर्ता गरेका छन् । त्यस्तै लम्साल समुहको कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जांग्बु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङदेम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेलको उम्मेदवारी परेको छ ।

त्यस्तै दाहाल समुहको बरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल, प्रथम उपाध्यक्षमा जीवन थापा मगर, द्वितीय उपाध्यक्षमा ऋषि प्रसाद नेपाल, महासचिवमा आङपेम्बा शेर्पा, सचिवमा सुजन लामिछाने, कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना र सह–कोषाध्यक्षमा तारा लामाको उम्मेदवारी परेको छ । दाहाल समुहको सदस्यहरुमा राजनप्रसाद काप्री, जीवन लामा, रविन्द्र अधिकारी, सुकबहादुर लामा, हर्कबहादुर गुरुङ, बाबुराम गुरुङ, हरिशरण खरेल, गोपाल श्रेष्ठ र रामबहादुर खड्का रहेका छन् ।

लम्साललाई नेपाली कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायि संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायि संघ, एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायिहरु, नयाँ शक्ति निकट पर्यटन व्यवसायिहरु र शेर्पा पर्यटन व्यवसायीहरुको समर्थन रहेको छ भने दाहाल लाई माओवादी केन्द्र निकट पर्यटन व्यवसायिहरु, नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायि संगठन र शेर्पा समुहको समर्थन रहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।