logo

टानको अध्यक्षमा राष्ट्रिय पर्यटन व्यवसायि संगठनवाट अञ्जन थापा सिफारिस

    3106   पटक पढिएको

६ कात्र्तिक / अर्थ र व्यापार- आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोसियशन अफ् नेपाल (टान) को निर्वाचनका लागी नेकपा एमाले निकट पर्यटन व्यवसायिहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायि संगठनले अध्यक्षमा टानका पूर्व कोषाध्यक्ष तथा युवा पर्यटन व्यवसायि अञ्जन थापा (कुमार) लाई उठाउने निर्णय गरेको छ । उम्मेदवार छनोटका लागी संगठनले निर्माण गरेको कार्यदलले थापाको नाम अध्यक्षमा सिफारिस गरेको हो । उम्मेदवार छनोट गर्ने कार्यदलमा संगठनका अध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा मदन आचार्य, सिताराम सापकोटा, राजेन्द्र सापकोटा र नवाङनिमा शेर्पा सदस्य रहेका थिए ।

यसअघि एमाले निकट पर्यटन व्यसायिहरु वाट टानका पूर्व महासचिव हरी धरेल र पूर्व कोषाध्यक्ष अञ्जन थापा (कुमार) अध्यक्षको आकांक्षी देखिएका थिए । अन्ततःहरि धरेल समेतको सहमति र प्रस्तावमा थापा अध्यक्षमा सिफारिस भएका हुन ।  कार्यदलले नेकपा एमाले निकट पर्यटन इलाका कमिटि र टे«किड शाखा कमिटि समेतको सल्लाह र सुझाव लाई समेत मध्यनजर गर्दै आफ्नो नाम अध्यक्षमा प्रस्ताव गरेको थापाले अर्थ र व्यापारलाई वताए ।

कार्यदलले अध्यक्ष आँफुले लिने सर्तमा अन्य दल र विशेषगरी बाम शक्तिहरुसंग तालमेलको विषयलाई पहिलो प्राथमिकतामा राखेको पनि थापाले वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।