logo

टानको अध्यक्षमा राष्ट्रिय पर्यटन व्यवसायि संगठनवाट अञ्जन थापा सिफारिस

    3455   पटक पढिएको

६ कात्र्तिक / अर्थ र व्यापार- आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोसियशन अफ् नेपाल (टान) को निर्वाचनका लागी नेकपा एमाले निकट पर्यटन व्यवसायिहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायि संगठनले अध्यक्षमा टानका पूर्व कोषाध्यक्ष तथा युवा पर्यटन व्यवसायि अञ्जन थापा (कुमार) लाई उठाउने निर्णय गरेको छ । उम्मेदवार छनोटका लागी संगठनले निर्माण गरेको कार्यदलले थापाको नाम अध्यक्षमा सिफारिस गरेको हो । उम्मेदवार छनोट गर्ने कार्यदलमा संगठनका अध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा मदन आचार्य, सिताराम सापकोटा, राजेन्द्र सापकोटा र नवाङनिमा शेर्पा सदस्य रहेका थिए ।

यसअघि एमाले निकट पर्यटन व्यसायिहरु वाट टानका पूर्व महासचिव हरी धरेल र पूर्व कोषाध्यक्ष अञ्जन थापा (कुमार) अध्यक्षको आकांक्षी देखिएका थिए । अन्ततःहरि धरेल समेतको सहमति र प्रस्तावमा थापा अध्यक्षमा सिफारिस भएका हुन ।  कार्यदलले नेकपा एमाले निकट पर्यटन इलाका कमिटि र टे«किड शाखा कमिटि समेतको सल्लाह र सुझाव लाई समेत मध्यनजर गर्दै आफ्नो नाम अध्यक्षमा प्रस्ताव गरेको थापाले अर्थ र व्यापारलाई वताए ।

कार्यदलले अध्यक्ष आँफुले लिने सर्तमा अन्य दल र विशेषगरी बाम शक्तिहरुसंग तालमेलको विषयलाई पहिलो प्राथमिकतामा राखेको पनि थापाले वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।