logo

टान अध्यक्षमा लम्साल र दाहाल विच प्रतिस्पर्धा हुने

    2187   पटक पढिएको

९ कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनमा द्धिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी विहिवार ११ देखि २ बजे सम्म उम्मेदवारको दरखास्त दर्ता गर्ने समय रहेको छ ।

यसपटक टान अध्यक्षका लागी टानका पूर्व महासचिवहरु मोहन लम्साल र नवराज दाहाल विच प्रतिस्पर्धा हुने भएको छ । लम्साललाई नेपाली कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवासायि संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायि संघ, एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायिहरु, नयाँ शक्ति निकट पर्यटन व्यवसायिहरु र शेर्पा पर्यटन व्यवसायीहरुको समर्थन रहने देखिएको छ भने दाहाल लाई माओवादी केन्द्र निकट पर्यटन व्यवसायिहरु, नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायि संगठन र शेर्पा समुहको समर्थन हुने देखिएको छ ।

दाहाल समुहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल,प्रथम उपाध्यक्षमा जीवन थापा,द्धितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल,महासचिवमा शेर्पाहरु मध्येवाट,सचिवमा सुजन लामिछाने,कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्षमा सरिता लामा रहेका छन भने लम्साल समुहका पदाधिकारहरुको नाम केहि समयमा टुंगो लाग्ने निटका सह–अध्यक्ष रामशरण थपलियाले अर्थ र व्यापारलाई वताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।