logo

टान अध्यक्षमा लम्साल र दाहाल विच प्रतिस्पर्धा हुने

    1803   पटक पढिएको

९ कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनमा द्धिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । आगामी कात्र्तिक १२ गते हुने निर्वाचनका लागी विहिवार ११ देखि २ बजे सम्म उम्मेदवारको दरखास्त दर्ता गर्ने समय रहेको छ ।

यसपटक टान अध्यक्षका लागी टानका पूर्व महासचिवहरु मोहन लम्साल र नवराज दाहाल विच प्रतिस्पर्धा हुने भएको छ । लम्साललाई नेपाली कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवासायि संघ (निट), नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायि संघ, एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायिहरु, नयाँ शक्ति निकट पर्यटन व्यवसायिहरु र शेर्पा पर्यटन व्यवसायीहरुको समर्थन रहने देखिएको छ भने दाहाल लाई माओवादी केन्द्र निकट पर्यटन व्यवसायिहरु, नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायि संगठन र शेर्पा समुहको समर्थन हुने देखिएको छ ।

दाहाल समुहको वरिष्ठ उपाध्यक्षमा पूर्णचन्द्र भुषाल,प्रथम उपाध्यक्षमा जीवन थापा,द्धितीय उपाध्यक्षमा ऋषिप्रसाद नेपाल,महासचिवमा शेर्पाहरु मध्येवाट,सचिवमा सुजन लामिछाने,कोषाध्यक्षमा रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्षमा सरिता लामा रहेका छन भने लम्साल समुहका पदाधिकारहरुको नाम केहि समयमा टुंगो लाग्ने निटका सह–अध्यक्ष रामशरण थपलियाले अर्थ र व्यापारलाई वताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।