logo

टान अध्यक्षमा द्धिपक्षिय प्रतिस्पर्धा हुने निश्चित ,दाहालसंग थापा वा लम्साल लड्ने

    2623   पटक पढिएको

८ कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनमा द्धिपक्षिय प्रतिस्पर्धा हुने निश्चत जस्तै देखिएको छ । भोलि विहिवार उम्मेदवारको दरखास्त दर्ता गर्ने दिन भएकोले आज बेलुका सम्म उम्मेदवारको समुह निर्माण हुने देखिएको छ ।

यसपटकको टान निर्वाचनमा अध्यक्षको आकांक्षी देखिएका हरु मध्ये केहि प्रतिस्पर्धावाट बाहिरिईसकेका छन भने बाँकी केहि आकांक्षीहरु अगाडी आएका छन । माओवादी केन्द्र निकट व्यवसायिहरु वाट टानका पूर्व महासचिव नवराज दाहाल अध्यक्षको दौडमा अगाडी आएका छन । उनलाई नेकपा एमाले निकट (ओलि) समुहका व्यवसायिहरुको समर्थन रहने देखिएको छ । एमाले निकट व्यवसायिहरु (नेपाल समुह र असन्तुष्ट) हरुले अध्यक्षमा अञ्जन थापा ( कुमार) लाई नै अध्यक्षमा अगाडी सारिरहेको छ । यद्यपी एमाले निकट पर्यटन व्यवसायिहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायि संगठनले टान अध्यक्षमा थापालाई उठाउने सर्वसम्मत निर्णय गरेको थियो । 

पछि संगठनका अध्यक्ष चन्द्र रिजाल लगायतको समुह अध्यक्षमा नवराज दाहाललाई समर्थन गर्ने निर्णयमा पुगेपछी एमालेको अर्को समुह (नेपाल समुह र असन्तुष्ट) नेपाली कांग्रेस निकट व्यवसायिहरुको संस्था निट,नयाँ शक्ति निकट व्यवसायिहरु र शेर्पा समुहको समर्थनमा थापालाई अध्यक्षमा उठाउने तयारीका लाग एमाले निकट व्यवसायिहरुको भेला गर्दैछ । त्यसबाहेक थापालाई टान निर्वाचनमा प्रभाव पार्ने थामसेर्कु तथा विग हाउसहरुको समर्थन रहेको वताईन्छ ।

यसो हुन नसके नेपाली कांग्रेस निकट व्यवसायिहरुको संस्था निट वाट अध्यक्ष उठाउने सम्भावना छ । यो समुहमा निट नेपाल,नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायि संघ,नेकपा एमाले (नेपाल समुह र असन्तुष्ट) समुह र नयाँ शक्ति निकट व्यवसायिहरुको समर्थन रहने देखिएको छ । यो समुहको नेतृत्व टानका पूर्व महासचिव मोहन लम्साल वा टानका पूर्व उपाध्यक्ष केशव पाण्डेले गर्नेछन । यद्यपी निट भित्र सुरुदेखि नै सहमतिमा भए केशव पाण्डे र चुनाव लड्ने अवस्थामा मोहन लम्साल सशक्त हुन भन्ने चर्चा चलेको छ । निट वाटै अध्यक्षमा दावी गरेका टानका पूर्व कोषाध्यक्ष खुमबहादुर सुवेदीले पनि लम्साललाई समर्थन गरेको बुझिएको छ । त्यसैले अन्ततः यसपटक अध्यक्षमा नवराज दाहाल र अञ्जन थापा वा मोहन लम्साल विच प्रतिस्पर्धा हुने निश्चित प्राय भएको छ । उम्मेदवारहरुको सम्पूर्ण प्यानल भने बुधवार बेलुका सम्म निर्माण हुने देखिन्छ । 

यसअघि टानका पूर्व अध्यक्ष ज्योति अधिकारी,पूर्व महासचिव राजेन्द्र बजगाईं लागायतले सहमतिमा सर्वसम्मत नेतृत्व ल्याउन गरेको प्रयास सफल हुन सकेन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।