logo

टान अध्यक्षमा द्धिपक्षिय प्रतिस्पर्धा हुने निश्चित ,दाहालसंग थापा वा लम्साल लड्ने

    2268   पटक पढिएको

८ कात्र्तिक / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी कात्र्तिक १२ गते हुने निर्वाचनमा द्धिपक्षिय प्रतिस्पर्धा हुने निश्चत जस्तै देखिएको छ । भोलि विहिवार उम्मेदवारको दरखास्त दर्ता गर्ने दिन भएकोले आज बेलुका सम्म उम्मेदवारको समुह निर्माण हुने देखिएको छ ।

यसपटकको टान निर्वाचनमा अध्यक्षको आकांक्षी देखिएका हरु मध्ये केहि प्रतिस्पर्धावाट बाहिरिईसकेका छन भने बाँकी केहि आकांक्षीहरु अगाडी आएका छन । माओवादी केन्द्र निकट व्यवसायिहरु वाट टानका पूर्व महासचिव नवराज दाहाल अध्यक्षको दौडमा अगाडी आएका छन । उनलाई नेकपा एमाले निकट (ओलि) समुहका व्यवसायिहरुको समर्थन रहने देखिएको छ । एमाले निकट व्यवसायिहरु (नेपाल समुह र असन्तुष्ट) हरुले अध्यक्षमा अञ्जन थापा ( कुमार) लाई नै अध्यक्षमा अगाडी सारिरहेको छ । यद्यपी एमाले निकट पर्यटन व्यवसायिहरुको संस्था राष्ट्रिय पर्यटन व्यवसायि संगठनले टान अध्यक्षमा थापालाई उठाउने सर्वसम्मत निर्णय गरेको थियो । 

पछि संगठनका अध्यक्ष चन्द्र रिजाल लगायतको समुह अध्यक्षमा नवराज दाहाललाई समर्थन गर्ने निर्णयमा पुगेपछी एमालेको अर्को समुह (नेपाल समुह र असन्तुष्ट) नेपाली कांग्रेस निकट व्यवसायिहरुको संस्था निट,नयाँ शक्ति निकट व्यवसायिहरु र शेर्पा समुहको समर्थनमा थापालाई अध्यक्षमा उठाउने तयारीका लाग एमाले निकट व्यवसायिहरुको भेला गर्दैछ । त्यसबाहेक थापालाई टान निर्वाचनमा प्रभाव पार्ने थामसेर्कु तथा विग हाउसहरुको समर्थन रहेको वताईन्छ ।

यसो हुन नसके नेपाली कांग्रेस निकट व्यवसायिहरुको संस्था निट वाट अध्यक्ष उठाउने सम्भावना छ । यो समुहमा निट नेपाल,नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायि संघ,नेकपा एमाले (नेपाल समुह र असन्तुष्ट) समुह र नयाँ शक्ति निकट व्यवसायिहरुको समर्थन रहने देखिएको छ । यो समुहको नेतृत्व टानका पूर्व महासचिव मोहन लम्साल वा टानका पूर्व उपाध्यक्ष केशव पाण्डेले गर्नेछन । यद्यपी निट भित्र सुरुदेखि नै सहमतिमा भए केशव पाण्डे र चुनाव लड्ने अवस्थामा मोहन लम्साल सशक्त हुन भन्ने चर्चा चलेको छ । निट वाटै अध्यक्षमा दावी गरेका टानका पूर्व कोषाध्यक्ष खुमबहादुर सुवेदीले पनि लम्साललाई समर्थन गरेको बुझिएको छ । त्यसैले अन्ततः यसपटक अध्यक्षमा नवराज दाहाल र अञ्जन थापा वा मोहन लम्साल विच प्रतिस्पर्धा हुने निश्चित प्राय भएको छ । उम्मेदवारहरुको सम्पूर्ण प्यानल भने बुधवार बेलुका सम्म निर्माण हुने देखिन्छ । 

यसअघि टानका पूर्व अध्यक्ष ज्योति अधिकारी,पूर्व महासचिव राजेन्द्र बजगाईं लागायतले सहमतिमा सर्वसम्मत नेतृत्व ल्याउन गरेको प्रयास सफल हुन सकेन ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।