logo

अर्थ र व्यापारको आठौं वार्षिकोत्सव सम्पन्न

भुमीको वर्गिकरण गरी नयाँ व्यवस्था कायम गर्नुपर्छ : पूर्वअर्थमन्त्री पाण्डे

    2612   पटक पढिएको

८ज्येष्ठ / अर्थ र व्यापार - पूर्व अर्थमन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डले नेपालमा जग्गाको मुल्यमा नियमन नगर्ने हो भने देश औद्योगिकरण र विकासको दिशामा अगाडी बढ्न नसक्ने वताएका छन । “ नेपालमा कायम रहेको भुमीव्यवस्थाले कृषि,उद्योग,जलविद्युत वा ठूला होटलहरु वन्ने सम्भावना कम छ, अव भुमीको वर्गिकरण गरि नयाँ व्यवस्था कायम नगरेसम्म पुरानै योजना र सोचले समृद्ध नेपाल बन्न सम्भव छैन”–पूर्व अर्थमन्त्री पाण्डेले भने ।

प्वाईन्ट मिडिया प्रा.लि.द्धारा प्रकाशित अर्थ र व्यापार साप्ताहिकको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित “आर्थिक समृद्धिका आधार र अबको जिम्मेवारी” विषयक कार्यक्रममा बोल्दै पाण्डेले आर्थिक विकासमा सरकार र निजी क्षेत्र एउटै रथको दुई पाङग्राजस्तै भएको वताए । आर्थिक समृद्धि अर्थ मन्त्रालयको मात्र चासोको विषयजस्तो यदाकदा लिने गरिएको देखिएको वताउँदै उनले गृह प्रशासन र प्रहरी मात्र सुध्रिए पनि नेपालको आर्थिक विकासमा सकारात्मक सुधार आउने वताए ।
कार्यक्रममा पूर्व अर्थमन्त्री शंकरप्रसाद कोईरालाले पछिल्ला वर्षहरुको ६–७ प्रतिशतको आर्थिक वृद्धि सन्तोषजनक रहेपनि आगामी केहि वर्ष त्यहि वृद्धिदर कायम गर्नु अहिलेको चुनौती रहेको वताए । आगामी वजेट धेरैतिर नछरीकन आर्थिक वृद्धि कायम गर्ने विषयमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ । विशेषगरी पूर्वाधार र त्यसमा पनि सडकमा नै केन्द्रित हुनुपर्ने कोईरालालले वताए ।

नेपाल चेम्वर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले नेपालको निर्यात भन्दा आयात १३ गुणाले वढि रहेको वताउँदै देशभित्रै उत्पादनमुखी वातावरण र त्यसका लागी आवश्यक पूर्वाधार निर्माण अहिलेको आवश्यकता रहेको वताए । त्यसका लागी बैंकको व्याजदर घटाउने विषयमा सरकारको योजना आवश्यक रहेको उनले वताए ।

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन.पाण्डले आगामी वजेटले नेपाल वायुसेवा निगमसंग कम्तिमा पनि ६ वटा अन्तर्राष्ट्रिय विमान बनाउने विषयमा ध्यान दिन आवश्यक रहेको वताए । विदेशी मुदा्र भित्र्याउने ट्राभल, ट्रेकिङ र होटलहरुलाई राज्यले सहुलियत दिनुपर्ने वताउँदै पाण्डेले पर्यटन क्षेत्रमा वढिमा ५ प्रतिशत भ्याट कायम गर्नु उपयुक्त हुने वताए । नेपाल बैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष रामप्रसाद भन्तनाले नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिटेन्सले धानेको भएपनि त्यसले मुलुकमा समृद्धि नै ल्याउन नसक्ने वताए । त्यसका लागी देशभित्रै रोजगारी सिर्जना तथा देशभित्रै आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा आजको आवश्यकता रहेको वताए ।

कार्यक्रममा प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लले आर्थिक समृद्धि र विकासका विषयमा सरकार,सवै राजनीतिक दल र निजी क्षेत्र पनि एकै ठाउँमा भएपनि आवश्यक नतिजा भने नआएको वताए । विकास वजेट खर्च हुन नसक्ने परम्परा अझैपनि कायम रहेकोले त्यसमा सुधार आवश्यक रहेको उनले वताए ।

कार्यक्रममा  युनिक एड्भेञ्चर ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक खुमबहादुर सुवेदी, , हिट्को प्रा.लि का निर्देशक प्रदीपमान प्रधान,एपिक एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक  श्रीराम अधिकारी, प्लाजा होटल ग्रुपका अध्यक्ष युवराज श्रेष्ठ, टच कैलाश ट्राभल एण्ड टुर्स प्रा.लि.का निर्देशक अनिल भट्ट र निर्भाना काउन्सलिङ सेन्टरका प्रबन्ध निर्देशक शिव त्रिपाठी लाई अर्थ र व्यापार अवार्ड–२०७६ प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य  रामशरण थपलिया, नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा (कुमार), गाउँ पर्यटन प्रवद्र्धन मञ्चका उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व कोषाध्यक्ष लिलावल्दव दाहाल,नेपाल पुँजीवजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल, नेपाल पर्यटन परिषद्का उपाध्यक्ष कामिरिन्जि शेर्पा लगायत व्यवसायी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।