logo

मौद्रिक नीतिको मध्यावधि समीक्षाले शेयर बजारमा हरियाली

    890   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - मौद्रिक नीतिको मध्यावधि समीक्षाले शेयर बजारमा आशा जगाउँदा मंगलबार नेप्से २२.४४ अंकले उकालो लागेको छ भने सबै समूहमा हरियाली छाएको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा वाणिज्य बैंकहरुलाई प्राथमिक पूँजी बराबरकै रकम विदेशीबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको छ । बैंकहरुले विदेशबाट कर्जा ल्याउन सकेमा यसले वित्तीय क्षेत्रमा तरलता सहज हुने विश्वास गरिएको छ । त्यस्तै बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गर्न दिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

मंगलबार नेप्से २२.४४ अंकले बढेर ११२४.९६ बिन्दुमा पुुगेको छ । १६७ कम्पनीहरुका ७ लाख १४ हजार ८७६ कित्ता शेयर खरिद बिक्री भएर २१ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो सोमबारको तुलनामा २ करोड रुपैयाँ भन्दा बढीले कम हो। सोमबार २३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो । आज कारोबारमा आएका १० वटै समुहको सूचक बढेको छ । सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक २५१.७३ अंकले बढेको छ । निर्जीवन बीमा कम्पनीको पनि १५३.९३ अंकले सकारात्मक भएको छ। यस्तै माइक्रोफाइनान्स ४१.२८, हाइड्रोपावर २७.०५, होटल २३.०५, विकास बैंक २१.१६, अन्य १५.५४, वाणिज्य बैंक १४.६९ र उत्पादन तथा प्रशोधन ६.१३ अंकले बढेका छन् । 

यस दिन अपर तामाकोशीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। तामाकोशीको १ करोड २७ लाख रुपैयाँ बरारको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन्। यद्यपि नागरिक लगानी कोष र नविल बैंकको संस्थापक र सर्वसाधारण शेयर एक करोड बराबरको कारोबार भएको छ । चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबैभन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.९३ प्रतिशतले कमाएका हुन् । कालिका लघुवित्तको शेयरमूल्य पनि ९.६९ प्रतिशतले बढेको छ । यस्तै नयाँ नेपाल लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्तको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढ्दा सामुदायिक लघुवित्त, प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्तको शेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् ।यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.८८ प्रतिशतले बढेको छ । 

यता वल्र्ड मर्चेन्ट फाइनान्सको शेयर मूल्य सबैभन्दा घटेको छ । फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको हो । यस्तै खानीखोला हाइड्रोपावरका शेयरधनीले ३.७५, आँखु खोला जलविद्युतका शेयरधनीहरुले २.४६ प्रतिशतले गुमाएका छन् । तिनाउ विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको इकाई मूल्य, नेशनल हाइड्रोपावर, भार्गव विकास बैंक, सुर्योदय लघुवित्त, सिर्नजी पावर, एनएमबि हाइब्रिड फण्डको इकाई मुल्य १ प्रतिशत भन्दा बढीले घटेका हुन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।