logo

मौद्रिक नीतिको मध्यावधि समीक्षाले शेयर बजारमा हरियाली

    1317   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - मौद्रिक नीतिको मध्यावधि समीक्षाले शेयर बजारमा आशा जगाउँदा मंगलबार नेप्से २२.४४ अंकले उकालो लागेको छ भने सबै समूहमा हरियाली छाएको छ । केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिको समिक्षामा वाणिज्य बैंकहरुलाई प्राथमिक पूँजी बराबरकै रकम विदेशीबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको छ । बैंकहरुले विदेशबाट कर्जा ल्याउन सकेमा यसले वित्तीय क्षेत्रमा तरलता सहज हुने विश्वास गरिएको छ । त्यस्तै बैंकहरुलाई दीर्घकालीन ऋणपत्र जारी गर्न दिने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

मंगलबार नेप्से २२.४४ अंकले बढेर ११२४.९६ बिन्दुमा पुुगेको छ । १६७ कम्पनीहरुका ७ लाख १४ हजार ८७६ कित्ता शेयर खरिद बिक्री भएर २१ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो सोमबारको तुलनामा २ करोड रुपैयाँ भन्दा बढीले कम हो। सोमबार २३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको थियो । आज कारोबारमा आएका १० वटै समुहको सूचक बढेको छ । सबै भन्दा धेरै जीवन बीमा समुहको सूचक २५१.७३ अंकले बढेको छ । निर्जीवन बीमा कम्पनीको पनि १५३.९३ अंकले सकारात्मक भएको छ। यस्तै माइक्रोफाइनान्स ४१.२८, हाइड्रोपावर २७.०५, होटल २३.०५, विकास बैंक २१.१६, अन्य १५.५४, वाणिज्य बैंक १४.६९ र उत्पादन तथा प्रशोधन ६.१३ अंकले बढेका छन् । 

यस दिन अपर तामाकोशीको सबैभन्दा धेरै रकमको कारोबार भएको छ। तामाकोशीको १ करोड २७ लाख रुपैयाँ बरारको कारोबार भएको छ । बाँकी कुनै कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन्। यद्यपि नागरिक लगानी कोष र नविल बैंकको संस्थापक र सर्वसाधारण शेयर एक करोड बराबरको कारोबार भएको छ । चौतारी लघुवित्त कम्पनीका शेयरधनीहरुले आजको कारोबारवाट सबैभन्दा धेरै बढी कमाएका छन् । चौतारीका शेयरधनीहरुले ९.९३ प्रतिशतले कमाएका हुन् । कालिका लघुवित्तको शेयरमूल्य पनि ९.६९ प्रतिशतले बढेको छ । यस्तै नयाँ नेपाल लघुवित्त, सुर्या लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्तको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढ्दा सामुदायिक लघुवित्त, प्राइम लाइफ, ग्लोबल आइएमई लघुवित्तको शेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् ।यसैगरी ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य ५.८८ प्रतिशतले बढेको छ । 

यता वल्र्ड मर्चेन्ट फाइनान्सको शेयर मूल्य सबैभन्दा घटेको छ । फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको हो । यस्तै खानीखोला हाइड्रोपावरका शेयरधनीले ३.७५, आँखु खोला जलविद्युतका शेयरधनीहरुले २.४६ प्रतिशतले गुमाएका छन् । तिनाउ विकास बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डको इकाई मूल्य, नेशनल हाइड्रोपावर, भार्गव विकास बैंक, सुर्योदय लघुवित्त, सिर्नजी पावर, एनएमबि हाइब्रिड फण्डको इकाई मुल्य १ प्रतिशत भन्दा बढीले घटेका हुन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।