logo

शेयर बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको भन्दै लगानीकर्ताद्वारा चिन्ता व्यक्त

    1064   पटक पढिएको

७ फागुन /अर्थ र व्यापार - मंगलबार संसदको अर्थ समतिको बैठकमा उपस्थित लगानीकर्ताहरुले बजारलाई रेस्क्यु गर्नुपर्ने अवस्था आएको बताएका छन् । शेयर बजारका लगानीकर्ताले सरकारले जनाएका प्रतिबद्धता कार्यान्वयनमा नआउँदा शेयर बजार कोमामा पुगको र अब भिटामिनले पनि काम नगर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

समितिको बैठकमा शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले पूँजीबजार सुधारका बिषयमा अध्ययन गर्न गठित समितिले प्रस्ताव गरेको सुझाव उपयुक्त भए पनि कार्यन्वयन हुन नसक्दा बजार सुधार हुन नसकेको बताए । पूँजी बजार दुर्घटनाउन्मूख रहेको भन्दै उद्यारको खाचो रहेको उनको भनाई थियो ।

त्यस्तै इन्भेष्टर फोरमका नव नियुक्त अध्यक्ष छोटेलाल रौनियारले २३ खर्बको पूँजीबजार १३ अर्ब झरेको उल्लेख गर्दे लगानीकर्ता डराउने वातावरण उत्पन्न भएकोप्रति ध्यानकर्षण गराए । उनले बजार सुधारका लागि सरकारले घोषणा गरेका कार्यक्रम तत्काल कार्यन्वयन गर्नुपर्नेमा जोड दिए । 

पूँजीगत लाभकरको बिषय अझै टुङ्गोमा नपुग्दा लगानीकर्ता अन्योलमा रहेको भन्दै उनले यस सन्दर्भमा सरकारको आधिकारिक धारणा सार्वजनिक हुनुपर्ने माग समेत गरे । बैंकको चर्को ब्याजदर नै अहिलेको पुँजी बजार विकासको मूख्य बाधक भएको बताउँदै रौनियारले बैंक ब्याजदर नियन्त्रण गर्नुपर्ने तर्क गरे। साथै उनले शेयर बजारको विस्तारका लागि बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने, बजार अध्ययन गरेर मात्रै प्यान लगाउनुपर्ने धारणा राखे ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।