logo

सेयर लगानीकर्ताहरुको चाहाना अनुरुप प्यान लगाउने धितोपत्र बोर्डको तयारी

    1411   पटक पढिएको

२९ फागुन /अर्थ र व्यापार -  सेयर लगानीकर्ताहरुको मनोभावना अनुसार नै प्यान लगाउने तयारीमा धितोपत्र बोर्ड जुटेको छ । यसअघि सेयर खरिद गर्नेलाई मात्रै प्यान लगाउने भनिएपनि अब भने बोर्डले सेयर खरिद, बिक्री गर्नेलाई नै प्यान लगाउने भएको हो ।

बोर्डका निकट स्रोतका अनुसार दोस्रो बजारमा कारोबारको सिमा तोकी सेयर खरिद, बिक्री गर्ने दुवैलाई प्यान लागु गर्ने गरी अन्तिम तयारी भएको छ ।
पहिलो चरणमा ५ लाख बन्दा बढी लगानी गर्ने लगानीकर्ताहरुलाई प्यान अनिवार्य गर्ने र ५ लाख भन्दा कम लगानी गर्ने तथा साना लगानीकर्ताहरुलाई प्यानमा प्रोत्साहित गर्न हाललाई ऐच्छिक रुपमा प्यान लागु गर्ने बोर्डका एक अधिकारीले बताए । यसअघि वैशाख १ गतेदेखि प्यान लगाउने भनिएपनि लगानीकर्ताको तिब्र दबाबकाबीच समय परिवर्तन हुन सक्ने स्रोतको भनाई छ ।

यतिबेला लगानीकर्ताहरुले सेयर बजारमा कालान्तरमा प्यान लागुहुने नै भएपनि अहिले बजार प्यानिक भएको समयमा लागुगर्नु भन्दापनि यस बारेमा अध्ययन गरेर, यसले लगानीकर्तालाई हुने फाइदा, बेफाइदाको बारेमा जानकारी गराएर केही समय पछि लागु गर्न माग गर्दै आएका छन् ।

लगानीकर्ताहरुले बोर्ड, नेप्से हुँदै अर्थ मन्त्रालयमा समेत पुगेर प्यान वैशाख १ गते नै लागु गर्नु भन्दा पनि केही समय पछि धकेल्न माग गर्दै आएका छन् । सोमबार नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले मन्त्रालयका अधिकारीसँग प्यान लगाउने विषयमा छलफल गरेकी थिईन । प्यान लागु गर्नका लागि समय लगायत विभिन्न विषयमा ध्यान दिन आग्रह गरेकी थिईन । मन्त्रालयले सोमबार नै बोर्डलाई पत्र पठाउँदै एक साता भित्र प्यान कसरी लगाउने, कहिलेबाट लगाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा जानकारी गराउन निर्देशन दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।