logo

शेयर लगानीकर्तालाई लगानी सम्मेलनलाई केन्द्रीत गरेर विरोध नगर्न धितोपत्र बोर्डको चेतावनी

    1321   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - आगामी चैत्र १५ र १६ गते काठमाण्डौमा हुन गैरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनलाई केन्द्रीत गरेर शेयरबजारका लगानीकर्ताले गर्न लागेको विरोधलाई नेपाल धितोपत्र बोर्डले चेतावनी दिएको छ । सम्मेलनको पूर्व सन्ध्यामा सम्मेलनलाई प्रतिकूल प्रभाव पार्ने गरी लगानीकर्ताको हकहित हेर्ने केही लगानीकर्ता संघरसंस्थावाट आन्दोलनको कार्यक्रम सार्वजनिक भएकोमा धितोपत्र वोर्डले गम्भिर ध्यानाकर्षण गराउदै सचेत गराएको हो  ।

बोर्डले एक बिज्ञप्ति जारी गर्दै लगानीकर्ताहरूले घोषणा गरेको आन्दोलनलाई गैर व्यवसायिक र अवान्छित कार्यक्रम भनिएको छ । लगानीकर्ताहरूले अर्थमन्त्रीको राजीनामा, नियामक निकायका प्रमुखको घर घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका थिए । विज्ञप्तिमा यस्ता कृयाकलापले नियमनकारी निकाय कमजोर हुने, बजार संचालन र लगानीकर्ताको हित संरक्षणमा नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

बोर्डले धितोपत्र बजारमा उल्लेख सुधार गरेको दावी गरेको छ । विज्ञप्तिमा बोर्डले आश्वा प्रणलीको सुरूवात, नगद लाभांश तथा शेयर शेयरधनीको बंंैक खाता तथा डिम्याट खातामा जम्मा हुने, आईपिओदेखि शेयरको लिष्टिङ्गसम्मको छ महिनाको अवधिलाई ४० दिन पारिएको, आईपिओ शेयर वितरण समय ९० दिनलाई एक हप्तामा घटाईएको बोर्डले जनाएको छ ।

शेयरको समावेशी वितरण प्रणाली अन्तर्गत कम्तिमा १० कित्ता पाउने प्रावधानले काठमाडौ लगायत ७७ जिल्लाबाट डिम्याट खातामार्पmत लगानीकर्ताको संख्या बढेको, काठमाडौंमा केन्द्रित दोश्रो बजार काठमाडौं बाहिर ४१ स्थानमा पुगिसकेको लगाएतलाई बोर्डको सफलता भनिएको छ । बोर्डले आन्दोलन घोषणा गरेका लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ । बोर्डले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेपनि लगानीकर्ताले उठाएका मागहरूको बिषयमा कुनै प्रतिकृया दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।