logo

शेयर लगानीकर्तालाई लगानी सम्मेलनलाई केन्द्रीत गरेर विरोध नगर्न धितोपत्र बोर्डको चेतावनी

    1006   पटक पढिएको

५ चैत्र /अर्थ र व्यापार - आगामी चैत्र १५ र १६ गते काठमाण्डौमा हुन गैरहेको अन्तराष्ट्रिय लगानी सम्मेलनलाई केन्द्रीत गरेर शेयरबजारका लगानीकर्ताले गर्न लागेको विरोधलाई नेपाल धितोपत्र बोर्डले चेतावनी दिएको छ । सम्मेलनको पूर्व सन्ध्यामा सम्मेलनलाई प्रतिकूल प्रभाव पार्ने गरी लगानीकर्ताको हकहित हेर्ने केही लगानीकर्ता संघरसंस्थावाट आन्दोलनको कार्यक्रम सार्वजनिक भएकोमा धितोपत्र वोर्डले गम्भिर ध्यानाकर्षण गराउदै सचेत गराएको हो  ।

बोर्डले एक बिज्ञप्ति जारी गर्दै लगानीकर्ताहरूले घोषणा गरेको आन्दोलनलाई गैर व्यवसायिक र अवान्छित कार्यक्रम भनिएको छ । लगानीकर्ताहरूले अर्थमन्त्रीको राजीनामा, नियामक निकायका प्रमुखको घर घेर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेका थिए । विज्ञप्तिमा यस्ता कृयाकलापले नियमनकारी निकाय कमजोर हुने, बजार संचालन र लगानीकर्ताको हित संरक्षणमा नकारात्मक प्रभाव पर्ने बताइएको छ ।

बोर्डले धितोपत्र बजारमा उल्लेख सुधार गरेको दावी गरेको छ । विज्ञप्तिमा बोर्डले आश्वा प्रणलीको सुरूवात, नगद लाभांश तथा शेयर शेयरधनीको बंंैक खाता तथा डिम्याट खातामा जम्मा हुने, आईपिओदेखि शेयरको लिष्टिङ्गसम्मको छ महिनाको अवधिलाई ४० दिन पारिएको, आईपिओ शेयर वितरण समय ९० दिनलाई एक हप्तामा घटाईएको बोर्डले जनाएको छ ।

शेयरको समावेशी वितरण प्रणाली अन्तर्गत कम्तिमा १० कित्ता पाउने प्रावधानले काठमाडौ लगायत ७७ जिल्लाबाट डिम्याट खातामार्पmत लगानीकर्ताको संख्या बढेको, काठमाडौंमा केन्द्रित दोश्रो बजार काठमाडौं बाहिर ४१ स्थानमा पुगिसकेको लगाएतलाई बोर्डको सफलता भनिएको छ । बोर्डले आन्दोलन घोषणा गरेका लगानीकर्तालाई संयमता अपनाउन आग्रह गरेको छ । बोर्डले आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गरेपनि लगानीकर्ताले उठाएका मागहरूको बिषयमा कुनै प्रतिकृया दिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।