logo

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकममा भने केही सुधार

    1248   पटक पढिएको

१२ फागुन /अर्थ र व्यापार - साताको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंक (१०.७५) को गिरावट आउँदा सूचक गत फागुन ६ गतेको भन्दा तल ११०२.३२ बिन्दुमा झरेको छ । सूचक घटेपनि गत बिहीबारको तुलनामा कारोबार रकममा भने केही सुधार आएको छ । गत बिहीबार १६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको बजारमा आइतबार भने ४ करोड ५५ लाख रुपैयाँले बढेर २० करोड ९९ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । आइतबार १६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता शेयर किनबेच भयो ।

कारोबारमा आएका १० उप(सूचकमध्ये उत्पादन तथा प्रशोधन मात्रै सकारात्मक देखिएको छ। बाँकी सबै समुहको सूचक ओरालो लागेका छन् । उत्पादन तथा प्रशोधन समुहको सूचक ३३.२ अंकले बढेको छ । आइतबार निर्जीवन बीमा समुहको सूचक सबैभन्दा धेरै ६९.२ अंकले घटेको छ। यस्तै जीवन बीमा ६१, माइक्रोफाइनान्स २०.७२, होटल १९.१३, अन्य १०.९७, हाइड्रोपावर ९.३२, वाणिज्य बैंक ९.०१, विकास बैंक ५.२६ र फाइनान्स ०.६७ अंकले ऋणात्मक बनेका छन् ।

घटेको बजारमा एनआईसी एशिया बैंकको शेयरमूल्य घटेर उच्च कारोबार भएको छ। बैंकको शेयरमूल्य प्रतित्ता १४ रूपैयाँले एक करोड ३७ लाख रुपैयाँ कारोबार भएको हो । यस्तै नबिल बैंकको एक करोड २३ लाख शिखर इन्स्योरेन्सको एक करोड ३ लाख चौतारी लघुवित्तको एक करोड ३ लाख, अपर तामाकोशीको एक करोड २ लाख र नेपाल बैंकको एक करोड रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

आइतबार युनिलिभर नेपालको शेयरमूल्य सबैभन्दा धेरै ४.०३ प्रतिशतले बढेको छ । आइतबारको बजारबाट एक्सेल डेभलपमेन्ट बैंकको शेयरधनीले ३.९९ प्रतिशत र एनएमबि हाइब्रिड फण्डको इकाईधनीले ३.२१ प्रतिशतले कमाएका छन् । यस्तै शाइन रेसुङ्गा डेभलपमेन्टको शेयरमूल्य २.११ र सिटिजन म्युच्युअल फण्डको इकाई मूल्य २ प्रतिशतले बढेको छ । राधी जलविद्युत, अपि पावर, मितेरी डेभलपमेन्ट बैंक, महुली सामुदायिक लघुवित्त, र सिद्धार्थ इक्वीटी फण्डको इकाईमूल्य एक प्रतिशत भन्दा बढीले सकारात्मक भएका छन् ।

यता किसान माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ७.५४ प्रतिशतले घटेको छ । आइतबारको बजारबाट भार्गव विकास बैंक र सर्पोट माइक्रोफाइनान्सको शेयरधनीले ६ प्रतिशतभन्दा बढीले गुमाएका छन् । घलेम्दी हाइड्रो, वोमी माइक्रोफाइनान्स, ओरेन्टल होटल, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेका छन् । 


 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।