logo

साताको पहिलो दिन नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झ¥यो

    1221   पटक पढिएको

५ फागुन /अर्थ र व्यापार - आइतबार शेयरबजार केही समय उकालो लागेपनि नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झरेको छ । यस दिन १७३ कम्पनीका ८ लाख ८८ हजार ८५३ कित्ता शेयर किनबेच भएर २१ करोड ७ लाख रुपैयाँ कारोबार भयो ।

कारोबारमा आएका ११ उपसूचक मध्ये तीन सकारात्मक र ८ ऋणात्मक देखिएको छ । उत्पादन तथा प्रशोधन समुहको सुचक सबै भन्दा धेरै ६.२५ बढेको छ । यस्तै होटल ५.५ र विकास बैंक ३.६८ अंकले सकारात्मक भए । जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै ५३.७५ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.०५, हाइड्रोपावर ८.३४, अन्य ७.७८, व्यापार ४.१४, माइक्रोफाइनान्स १.६६, फाइनान्स १.३६ र बाणिज्य बैंक ०.९२ अंकले ओरालो लागेको हो ।
यस प्रभु बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । बैंकको १ करोड ९० लाख रुपैयाँ कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको १ करोड १९ लाख र अपर तामाकोशीको १ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् ।

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ । एक्सल डेभलपमेन्ट बैंकको शेयरधनीले ५.३६ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयरधनीले ३.८१ प्रतिशतले कमाएका छन् । यस्तै मिर्मिरे लघुवित्त, नविल इक्युटी फण्डको इकाई मुल्य, महिला सहयात्रा माइक्रोफाइनान्स, बैंक अफ काठमान्डु, लक्ष्मी लघुवित्त, साइन रेसुङ्गा, जनउत्थान सामुदायिक लघुवित्तको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।

यता कञ्चन डेभलपमेन्ट बैंकको शेयर मुल्य सबैभन्दा धेरै ६.८३ प्रतिशतले घटेको छ । रिडि पावरका शेयरधनीहरुले ५.२६ प्रतिशतले गुमाएका छन् । यस्तै अरुण काबेली पावर, सपोर्ट माइक्रोफाइनान्स, ङादी पावरको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । आजको कारोबारबाट नागबेली लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स र सिटि एक्प्रेसका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।