logo

साताको पहिलो दिन नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झ¥यो

    929   पटक पढिएको

५ फागुन /अर्थ र व्यापार - आइतबार शेयरबजार केही समय उकालो लागेपनि नेप्से ३.१६ अंकले घटेर ११०९.७२ बिन्दुमा झरेको छ । यस दिन १७३ कम्पनीका ८ लाख ८८ हजार ८५३ कित्ता शेयर किनबेच भएर २१ करोड ७ लाख रुपैयाँ कारोबार भयो ।

कारोबारमा आएका ११ उपसूचक मध्ये तीन सकारात्मक र ८ ऋणात्मक देखिएको छ । उत्पादन तथा प्रशोधन समुहको सुचक सबै भन्दा धेरै ६.२५ बढेको छ । यस्तै होटल ५.५ र विकास बैंक ३.६८ अंकले सकारात्मक भए । जीवन बीमा समुहको सुचक सबैभन्दा धेरै ५३.७५ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा ९.०५, हाइड्रोपावर ८.३४, अन्य ७.७८, व्यापार ४.१४, माइक्रोफाइनान्स १.६६, फाइनान्स १.३६ र बाणिज्य बैंक ०.९२ अंकले ओरालो लागेको हो ।
यस प्रभु बैंकको सबै भन्दा धेरै कारोबार भएको छ । बैंकको १ करोड ९० लाख रुपैयाँ कारोबार भएको हो । यस्तै नागरिक लगानी कोषको १ करोड १९ लाख र अपर तामाकोशीको १ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बाँकी कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन् ।

यस दिन चौतारी लघुवित्तको शेयरमूल्य सबै भन्दा धेरै ९.८७ प्रतिशतले बढेको छ । एक्सल डेभलपमेन्ट बैंकको शेयरधनीले ५.३६ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावरको शेयरधनीले ३.८१ प्रतिशतले कमाएका छन् । यस्तै मिर्मिरे लघुवित्त, नविल इक्युटी फण्डको इकाई मुल्य, महिला सहयात्रा माइक्रोफाइनान्स, बैंक अफ काठमान्डु, लक्ष्मी लघुवित्त, साइन रेसुङ्गा, जनउत्थान सामुदायिक लघुवित्तको शेयर मुल्य २ प्रतिशत भन्दा बढीले बढेको छ ।

यता कञ्चन डेभलपमेन्ट बैंकको शेयर मुल्य सबैभन्दा धेरै ६.८३ प्रतिशतले घटेको छ । रिडि पावरका शेयरधनीहरुले ५.२६ प्रतिशतले गुमाएका छन् । यस्तै अरुण काबेली पावर, सपोर्ट माइक्रोफाइनान्स, ङादी पावरको शेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । आजको कारोबारबाट नागबेली लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, कन्काई विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स र सिटि एक्प्रेसका शेयरधनीहरुले ३ प्रतिशत भन्दा बढीले गुमाएका छन् ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।